जनकपुर उपमहानगरमा राजपाको शानदार जित, दश हजार मतान्तरले राजपा विजयी

जनकपुर उपमहानगरमा राजपाको शानदार जित, दश हजार मतान्तरले राजपा विजयी

जनकपुरधाम: प्रदेश नम्बर २ को प्रस्तावित राजधानीको रुपमा हेरिएको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ । राजपा नेपालका मेयर पदका उम्मेदवार लालकिशोर साह निकटतम प्रतिद्वन्दी भन्दा दोब्बर मतले विजयी भएका हुन्। 

उनले २१ हजार ९०३ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत प्राप्त गरे। यस्तै उपमेयरमा पनि राजपाकै रीता झा विजयी भएकी छिन्। उनले १७१४७ मत प्राप्त गरेकी छिन् भने उनकी निकटतम प्रतिद्वन्दी का्रग्रेसकी उम्मेदवार निलम कर्णले १० हजार ६०५ मत पाएकी छिन्।

जनकपुर उपमहानगरपालिकामा नेकपा एमाले तेस्रो स्थानमा रहेको छ। एमालेका मेयर पदका उम्मेदवारले ४ हजार ८६५ र उपमेयरमा ४ हजार ९७२ मत पाएका हुन्। उपमहानगरपालिकामा जम्मा ५१ हजार ५९९ सदर मत खसेको थियो।

२०४६ सालमा बहुदलीय प्रजातन्त्रको स्थापनापछि सम्पन्न स्थानीय निकायको चुनावमा नेपाली कांग्रेसका बागी उम्मेदवारले नै जनकपुरको मेयरमा जित हात पारेको थि । २०४९ सालमा सम्पन्न स्थानीय निकायको चुनावमा जनकपुर नगरपालिकामा कांग्रेसका बागी उम्मेदवार वृषेशचन्द्र लाल मेयर पदमा स्वतन्त्रबाट निर्वाचित भएका थिए।

लालले कांग्रेसका आधिकारिक उम्मेदवार दिगम्बर रायलाई पराजित गरेका थिए। सो चुनावमा कांग्रेसका बागी उम्मेदवार लालकिशोर साह उपमेयरमा निर्वाचित भएका थिए। उनै साह अहिले मधेस आन्दोलनको जगमा उभिएको पार्टीबाट २० वर्षपछिको स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन्।

जनकपुर उपमहानगरपालिकाका निर्वाचित वडाध्यक्षहरुः
वडा नम्बर १ मा राजपा - शत्रुधन साह
वडा नम्बर २ मा स्वतंत्र - शिवकुमार साह
वडा नम्बर ३ मा राजपा - दीपेन्द्र दसाह
वडा नम्बर ४ मा राजपा - सुदर्शन सिंह
वडा नम्बर ५ मा कांग्रेस - मनोज साह
वडा नम्बर ६ मा राजपा - जगरनाथ साह
वडा नम्बर ७ मा राजपा - जानकीराम साह वडा नम्बर ८ मा राजपा - रमेश ठाकुर
वडा नम्बर ९ मा कांग्रेस - परमेश्वर साह
वडा नम्बर १० मा कांग्रेस - मिथिलेश कुमार कर्ण
वडा नम्बर ११ मा राजपा - रामचन्द्र साह
वडा नम्बर १२ मा कांग्रेस - शत्रुधन यादव
वडा नम्बर १३ मा एमाले - शुभनारायण मण्डल
वडा नम्बर १४ मा राजपा - पूण्यप्रताप यादव
वडा नम्बर १५ मा कांग्रेस - अशोक चौधरी
वडा नम्बर १६ मा राजपा - रामअशिष पजियार
वडा नम्बर १७ मा संस फोरम - परमेश्वर यादव
वडा नम्बर १८ मा संस फोरम -रामाशंकर पासवान
वडा नम्बर १९ मा संस फोरम - जगदिश यादव
वडा नम्बर २० मा राजपा - भोगेन्द्र झा
वडा नम्बर २१ मा एमाले - रामेश्वर महासेठ
वडा नम्बर २२ मा राजपा - शिवरत्न पाण्डे
वडा नम्बर २३ मा कांग्रेस - शत्रुधन पाण्डे
वडा नम्बर २४ मा राजपा - सत्यनरायण साह
वडा नम्बर २५ मा कांग्रेस -उमेश यादव


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.