कञ्चनरुपको प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस बिजयी
राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिकामा एमालेका बसन्त मिश्र ५०४२ मत ल्याई प्रमुखमा विजयी भएका छन् । उपप्रमुखमा काँग्रेसकी निरु पोखरेल ४७५८ मत ल्याई विजयी भएकी छिन् ।
शनिबार विहानदेखि स्थगित राजविराज नगरपालिकाको मतगणना आइतबार दिउँसोबाट सुरु भएको छ । मतगणना छिटो गर्न एक साथ चार ठाउँमा मतगणना जारी छ ।