कबिलाशी नगरपालिका राजपा विजयी
मलंगवाः सर्लाहीको कबिलाशी नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का कौशल किशोर राय ४० मतको झिनो मतान्तरले विजयी भएका छन्।
राजपाका रायले ३ हजार ३ सय ९५ मत ल्याएर विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका ब्रह्मदेव रायले ३ हजार ३ सय ५५ मत ल्याए। उपमेयरमा भने संघिय समाजवादी फोरम नेपालकी राधा देवी यादव ३ हजार ६ सय ५७ मत ल्याएर विजयी भएकी छिन्। उनका निकटत्तम प्रतिद्वन्द्वी राजपाकी राज कुमारी देवी साह २ हजार ९ सय ८६ मत ल्याएकी छिन्।