वीरगन्जमा रोकिएको मतगणना ५ घण्टा पछि सुचारु

वीरगन्जमा रोकिएको मतगणना ५ घण्टा पछि सुचारु

वीरगन्ज : तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दाबढी चासो रहेकोे प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरमा आइतवार राति ९ बजे देखि रोकिएको मतगणना पाच घण्टापछि सुचारु भएको छ । मतगणाका क्रममा मतगणकले गडबड गरेको भन्दै काँग्रेस, राजपा, एमाले र माओवादी केन्द्रले विरोध जनएपछि आइतवार राति नौ बजेदेखि रोकिएको मतगणना सोबार बिहान २ बजे देखि सुचारु भएको हो।

आइतबार राति ११ बजे देखि बसेको सर्वपक्षीय बैठकमा काँग्रेस, राजपा, एमाले र माओवादी केन्द्रले अहिले मतगणना भइरहेको वडा नम्बर १०, ११, १२, १३, १४, १५, १९, २० र २१ को मतगणना सुचारु हुन दिने र मत पेटिका नखोलिएका वडा नम्बर १६, १७ र १८ को मतगणना तत्काल शुरु नगर्ने तथा अहिले सम्म मतगणना भइसकेका वडाहरुमा मेयर र उपमेयर पदको पुन मतगणना गर्नका लागि निर्वाचन आयोगसंग परामर्श गर्ने सहमति जनाएपछि सोमबार बिहान २ बजेदेखि मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृत विष्णु सुबेदीले बताए ।

अहिलेसम्म अन्तिम नतिजा घोषित भइसकेको वडाहरुको परिणाममा उल्लेखित मत पत्रको संख्या र मतदानका दिन मुचुल्कामा उल्लेखित मतपत्रको संख्या फरक–फरक भेटिएकाले मेयर र उपमेयर दुवै पदमा पुन मतगणना गर्नु पर्ने आफूरुहको माग रहेको काँग्रेसका मेयर उम्मेदवार अजय द्धिवेदीले बताए। ‘अहिले बाक्सा खोलिएका मतपत्रहरुको गणना सक्ने, बाक्सा नखोलिएको वडाको मतगणना तत्काल सुरु नगर्ने तथा मेयर र उमेयर दुवै पदको पुन मतगणनाका लागि सोमबार निर्वाचन आयोगसँग परामर्श गर्ने सहमति भएको छ, उनले भने’, यदि मेयर र उपमेयरको पुन मतगणना गर्नका लागि निर्वाचन आयोगले निर्णय गरेन भने त्यसपछि बैठक बसेर हामीले आगामी कदम चाल्छौ।

राजपाका मेयरका उम्मेदवार राजेशमान सिंहले पनि अहिले सम्म भएको मतगणना निष्पक्ष र पारदर्शी नभएको भन्दै मेयर र उपमेयर दुवै पदको पुन मतगणना गर्नु पर्ने आफूहरुको माग रहेको बताए । 
माओवादी केन्द्रका मेयरका उम्मेदवार रहबर अन्सारीले पनि अहिले सम्मको मतगणना अपारदर्शी र अव्यवस्थित भएकाले असफल भएको भन्दै मेयर र उपमेयरको पुन मतगणना गर्नु पर्ने बताए । ‘एक भोट पनि गडबड हुन्छ भने त्यो मतगणना असफल हुन्छ’ उनले भने, मेयर र उपमेयरको अब फेरि सुरु देखि मतगणना गर्नु पर्छ, केहि समय लागे पनि हामी कुर्न तयार छौं तर पुन मतगणना हुनैपर्छ।

एमाले पर्साका संयोजक प्रभु हजराले मतगणना सुरु गर्नु भन्दा पहिले बसेको सर्वदलीय बैठकले गरेका निर्णयहरु मतगणनाका क्रममा कार्यान्वयन नभएको भन्दै फेरि सुरुदेखि मतगणना गर्नु पर्ने बताए ।तर सर्वपक्षीय बैठकले गरेको निर्णयमा संघीय समाजवादी फोरम नेपालले भने नोट अफ डिसेन्ट जनाएको छ । मेयर र उपमेयरको पुन मतगणना गर्ने निर्णयमा हाम्रो असहमति छ, फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले भने, फोरम नेपालको जित सुनिश्चित भएको देखेर विपक्षीहरु अत्तालिएकै कारण पुन मतगणनाको बखेडा झिकीरहेका छन् ।

यसैबीच सोमबार बिहान २ बजेपछि मतगणना सुचारु भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ३ बजे सार्वजनिक गरेको परिणाम अनुसार ५७२३० मत गनि सक्दा पनि नेपाली कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता कायमै राखेको छ ।

मेयरमा फोरम नेपालका उम्मेदवार विजय सरावगीले भने १३२५९ मत पाएका छन् । दोश्रो स्थानमा रहेका मेयरमा काँग्रेसका उम्मेदवार अजय द्विवेदीले १२६३१ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहले भने ८३३६ मत ल्याएका छन् । 
नेकपा एमालेका बसरुद्धिन अन्सारी ६३९१ मतका साथ चौथो स्थानमा र नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ५७०३ मतका साथ पाचौ स्थानमा छन् । नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव भने ५०८५ मतका साथ छैठौं स्थानमा छन् ।

यस्तै वीरगन्ज महानगरपालिकाको उपेयरमा भने नेपाली काँग्रेसले नै अग्रता कायम राखेको छ । उपमेयरमा काँग्रेसकी शान्ति कार्की १४३७६ मतका साथ अगाडि छिन् ।
यस्तै उपमेयरमा फोरम नेपालकी पिंकी यादव १२४९५ मतका साथ दोश्रो स्थानमा र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सोफिया आचार्य ७५३१ मतका साथ तेश्रो स्थानमा छन् ।
यसैगरि राजपाकी रम्भा मिश्रा ७१९४ मतका साथ चौथो स्थानमा, लोकतान्त्रिक फोरमकी रिङ्कु देवि यादव ४१२५ मतका साथ पाचौ स्थानमा र माओवादी केन्द्रकी दुर्गा क्षेत्री ३६२६ मतका साथ छैठौ स्थानमा छन् ।

वीरगन्ज महानगरपालिकाको ३२ वटा वडा मध्ये अहिले सम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, २२, २४, २६, २७, २८, २९, ३०, ३१ र ३२ को अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

जसमा वडा नम्बर १ को वडा अध्यक्षमा काँग्रेसका मनोज गुप्ता, वडा नम्बर २ मा फोरम नेपालका शेख अब्बास, वडा नम्बर ३ मा राजपाका बैजु स्वर्णकार, वडा नम्बर ४ मा काँग्रेसका जगत साह कानु, वडा नम्बर ५ मा राजपाका प्रदीप चौरसीया, वडा नम्बर ६ मा काँग्रेसका ध्रुब नेपाल, वडा नम्बर ७ मा फोरम नेपालका बसन्त भक्कड, वडा नम्बर ८ मा एमालेका राज कीशोर गुप्ता, वडा नम्बर ९ मा फोरम नेपालका मनोज कलवार, वडा नम्बर २२ मा फोरम नेपालका ग्यासुद्धिन मिया, वडा नम्बर २४ मा काँग्रेसका दशरथ पटेल, वडा नम्बर २६ मा काँग्रेसका शम्भु मिश्रा,वडा नम्बर २७ मा एमालेका प्रदीप यादव ,वडा नम्बर २८ को अध्यक्षमा फोरम नेपालकी गिरीजा देवी कुर्मीन्, वडा नम्बर २९ मा फोरम नेपालकै धर्मेन्द्र चौधरी, वडा नम्बर ३० को वडा अध्यक्षमा एमालेका अमानत अन्सारी, वडा नम्बर ३१ मा काँग्रेसका चुमनदास चौधरी र वडा नम्बर ३२ को वडा अध्यक्षमा राजपाका रियाज अहमद मिया विजयी हुनु भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.