कोमल ओली आज एमाले प्रवेश गर्दै

कोमल ओली आज एमाले प्रवेश गर्दै

दाङ : गतवर्ष मात्रै रेडियो नेपालको जागिर छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टीकोे केन्द्रीय सदस्य बनेकी चर्चित गायिका कोमल ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी छोडने तयारी गरेकी छिन । गृह जिल्लामा आएर उनले राप्रपा छोडने तयारी गरेको ओलीको पारिवारिक स्रोतले बताएको छ । कोमल वली राप्रपा छोडेर एमालेमा प्रवेश गर्ने चर्चा चलिरहेको छ ।

 

 

सोमबार दाङको घोराहीमा हुने एमालेको बृहत सभामा एमाले अध्यक्ष केपी ओलीले कोमललाई एमालेमा प्रवेश गराउने तयारी भएको एमाले दाङले जनाएको छ । ओलीले एमालेसँग सांसदको ‘बार्गे्निङ’ गरिरहेको र एमालेले सांसद दिने पक्का भएपछि प्रवेशको समेत तयारी गरेको एमाले स्रोतले बताएको छ । राप्रपाले भूमिकाविहीन बनाएको भन्दै पहिले देखिनै ओली पार्टी नेतृत्वसँग रुष्ट हुदै आएकी थिइन् ।

फागुनमा सम्पन्न राप्रपाको एकता महाधिवेसनमा अत्याधिक मत ल्याएर केन्द्रीय सदस्य जितेकी ओली पशुपतिसमशेर राणाले पार्टी फुटाएपछि द्विविधामा थिइन् । सँगै केन्द्रीय सदस्य जितेकी रेखा थापा राणासँग गएपछि ओली अलमलमा परेकी थिइन् । एमाले दाङका जिल्ला सचिव हिराचन्द्र केसीले कोमल ओली एमालेमा प्रवेश गर्ने कुरा सत्य भएको बताए । उनले पार्टी अध्यक्षले सोमबार दिउँसो ओलीसहित राप्रपाका केही जिल्ला नेताहरुलाई पार्टी प्रवेश गराउने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.