यस कारण सिरहामा कांग्रेस कमजोर

यस कारण सिरहामा कांग्रेस कमजोर

सिरहा : कांग्रेसबाट टिकट नपाउँदा माओवादी केन्द्र प्रवेश गरेका सिद्धार्थ यादव औरही गाउँपालिकाको प्रमुखमा निर्वाचित भए । कल्याणपुर नपा ६ का मोतीबुल राइन पनि कांग्रेसबाट टिकट नपाएकै कारण स्वतन्त्र वडाध्यक्षमा उम्मेवार बनेर चुनाव जिते । यादव र राइन उदाहरणका पात्र मात्र हुन् । कांग्रेसबाट टिकट नपाउँदा कैयौं नेता तथा कार्यकर्ता रुष्ट छन् । सधैं इमान्दार भएर संगठनमा बसेर जनताको सेवा गरेका उनीहरू टिकट पाउँदा सम्भवत: निर्वाचन जित्थे । तर योग्य उम्मेदवारलाई पार्टीले पाखा लगाएपछि सिरहामा कांग्रेस कमजोर सावित भएको छ ।



कांग्रेसका धेरै गढ माओवादी, फोरम र एमालेले भत्काएको छ । पहिलो संविधानसभाको चुनावमा कांग्रेसले सिरहाका चार निर्वाचन क्षेत्र कब्जा गरेको थियो तर स्थानीय तहको निर्वाचनमा सिरहाका १७ मध्ये दुई स्थानीय तह कल्याणपुर नपा र नवराजपुर गापा सीमित भएको छ । आर्थिक लोभमा परेर टिकट वितरण गरेको आरोप निर्वाचन अगाडि नै लगाएका कांग्रेस नेता नरेश यादव भन्छन्, 'समयमा टिकटको टुंगो नलगाउनु र केही धनाढ्य उम्मेवारसँग मोटो रकम लिएर टिकट बाँड्दा सिरहामा कांग्रेसको बेहाल भएको छ । यसको जिम्मेवारी जिल्ला सभापतिले लिनुपर्छ ।' 'जिल्ला सभापति रामचन्द्र यादवकै कारण पार्टी आन्तरिक विवादमा फसेको छ', उनले थपे ।

कांग्रेस कोषाध्यक्ष तथा पूर्वमन्त्री सीतादेवी यादवका छोरा पनि पराजित भएका छन् । उनका छोरा डा. सुवासचन्द्र यादव सिरहा नगरपालिकाको मेयर उम्मेदवार बनेका थिए । सिरहा नपाको मेयरमा संघीय समाजवादी फोरम नेपालका असेश्वर यादव र उपमेयरमा एमालेकी डा. नमिता यादवले जित हात पारेका छन् । डा. सुवास तेस्रो स्थानमा सीमित भए ।

जिल्ला सचिव उपेन्द्र यादव पनि सिरहा नगरका लागि मेयर उम्मेवारको आकांक्षी थिए तर टिकट पाएनन् । टिकट नपाएको झोकमा खुलेर गद्दारी गरेको आरोप उनीमाथि लागेको छ । कांग्रेस क्षेत्र नम्बर ३ का अध्यक्ष सञ्जयप्रकाश यादव भन्छन्, 'आन्तरिक विवादका कारण कांग्रेस जिल्ला सचिव उपेन्द्र यादवले खुलेर फोरमको भोट माग्नुभयो । अनि कसरी जित्छ कांग्रेस ? ' कांग्रेसले हार व्यहोर्नुको अर्को कारण समयमा टिकटको टुंगो नलगाउनु पनि हो', उनले थपे ।

कांग्रेस जिल्ला सभापति तथा सांसद रामचन्द्र यादव पनि आफ्नो नगर धनगढीमाई जोगाउन सकेन । धनगढीमाई नगरपालिकाबाट माओवादी केन्द्रले कब्जा गरेको छ । यहाँको मेयरमा माओवादी केन्द्रका हरिनारायण चौधरी र उपमेयरमा फूलकुमारी श्रेष्ठ विजयी भए । १४ वडा रहेको धनगढीमा एक मात्र वडा कांग्रेसले जित्यो । बाँकी १३ वडामध्ये ६ माओवादी र ७ एमालेले जितेको छ । यो परिणामले कांग्रेसको गढ माओवादी र एमालेले भत्काएको प्रष्ट हुन्छ । धनगढीका लागि कांग्रेसबाट गीताकुमारी साहलाई टिकट दिने पार्टीको निर्णयविपरीत जिल्ला सभापति यादवले सुनचाँदी व्यावसायी बिमला साहलाई उपमेयरको टिकट दिएका थिए ।

यस्तै लहान नगरपालिका घर भएका कांग्रेस सांसद तथा पूर्वमन्त्री पद्मनारायण चौधरीले पनि आफ्नो साख जोगाउन सकेनन् । कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको समेत घर भएको लहान नगरपालिका एमालेले कब्जा गरेको छ । सांसद चौधरीबाट दोस्रो संविधानसभाको चुनावमा पराजय व्यहोरेका तत्कालीन माओवादी नेता मुनी साह एमालेबाट टिकट लिएर लहानको मेयर बन्न सफल भए । एमालेकै सरियार चौधरी उपमेयरमा निर्वाचित भएकी छन् । यो क्षेत्र पनि कांग्रेसको गढ मानिन्थ्यो ।

कांग्रेस पूर्वकोषाध्यक्ष तथा पूर्वमन्त्री चित्रलेखा यादवले भने आफ्नो प्रतिष्ठा बचाएकी छन् । नवराजपुर घर भएकी उनको क्षेत्रमा कांग्रेसले जितेको छ । नेत्री यादवका सहोदर भाइ विश्वमोहन यादव नवराजपुरको प्रमुखमा र कांग्रेसकै शोभाकुमारी यादव उपमेयरमा विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.