बुढीगण्डकी आयोजनाको निर्णय तत्काल खारेज गर्न सरकारलाई निर्देशन

बुढीगण्डकी आयोजनाको निर्णय तत्काल खारेज गर्न सरकारलाई निर्देशन

काठमाडौ : व्यवस्थापिका संसदका दुई वटा समितिले बुढीगण्डकी जलबिद्युत आयोजना चिनिया कम्पनी गेजुवालाई दिने अघिल्लो सरकारको निर्णय तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएका छन् ।
अघिल्लो काँग्रेस-माओवादी गठबन्धन सरकारका उर्जामन्त्री जनार्दन शर्माले बुढीगण्डकी आयोजना चिनिया कम्पनी गेजुवालाई निर्माण गर्न दिने निर्णय गरेका थिए । 
संसदको कृषि तथा जलस्रोत समिति र अर्थ समितिको सोमबारको बैठकले १२ सय मेगावाट क्षमताको सो आयोजना चिनिया कम्पनी गेजुवालाई दिने निर्णय खारेज गर्न निर्देशन दिएका हुन ।


ती दुई समितिका संयुक्त बैठकले बुढीगण्डकी जलबिद्युत आयोजना सम्बन्धमा मन्त्रिपरिषद,उर्जा मन्त्रालयबाट भएको निर्णय नेपालको प्रचलित नियम कानुन सम्बत नदेखिएको,सार्वजनिक खरिद ऐन उल्लंघन गरिएको, खुला प्रतिस्पर्धा नगराइएको र नेपालमा जलबिद्युत क्षेत्रमा असफल सावित चिनिया कम्पनी गजुवा समूहसँग हचुवाको भरमा समझदारी गरिएका कारण प्रक्रिया तत्काल खारेज गर्न निर्देशन दिने निर्णय गरेको हो ।


उर्जा राज्यमन्त्रीबाट बुढी गण्डकी जलबिद्युत आयोजना आफनै बजेटबाट बनाउन सकिने र अर्थमन्त्रालयबाट सो आयोजना सम्पन्न गर्न सक्ने गरी स्रोत व्यवस्थापन गर्न सकिने अभिव्यक्ति आएको पृष्ठभूमिमा नेपालले नेपाली जनताको सहभागिता र नेतृत्वमा यो आयोजना यथाशिघ्र निर्माण गर्ने गरी अघि बढाउन समितिले निर्देशन दिएको हो । अर्थसमितिका सभापति प्रकाश ज्वाला र कृषि तथा जलस्रोत समितिका सभाति मोहन बरालको अध्यक्षतामा बसेको बैठकमा उर्जा राज्यमन्त्री शम्भुदास श्रेष्ठ सहभागी थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.