तीन दिन देखि किष्ट अस्पतालले आफन्तलार्इ शव दिएन
काठमाण्डौं : ललितपुरमा रहेको एक नीजि अस्पतालले तीन दिन अघि उपचारका क्रममा मृत्यु भएका एक विरामीको शव अझै आफन्तलार्इ बुझाएको छैन। सप्तरी घर भएकी २३ बर्षीया ललिता चौधरीको शनिवार ललितपुरमा रहेको किष्ट अस्पतालमा मृत्यु भएको थियो। अस्पतालले विरामीको करिव पाँच लाख रुपैयाँ तिर्नुपर्ने भन्दै शव दिन नमानेको मृतककी भाउजू गीता चौधरीले अन्नपूर्ण पोष्टसंग गुनासो गरिन्।
अस्पतालले विरामीको करिव पाँच लाख रुपैयाँ तिर्नुपर्ने भन्दै शव दिन नमानेको मृतककी भाउजू गीता चौधरीले अन्नपूर्ण पोष्टसंग गुनासो गरिन्। ४० दिन आइसियूमा राखेको खर्च चार लाख ६० हजार रुपैयाँ र मेडिकलमा २ लाख गरी ६ लाख भन्दा बढी रुपैयाँ अस्पताललार्इ नबुझाएसम्म मृतकको शव नदिने अस्पतालले बताएको चौधरीले बताइन्।
अस्पतालको लापरवाहीले ज्यान गयो
मृतकका आफन्तले अस्पतालको लापरवाहीले विरामीको ज्यान गएको आरोप लगाएका छन्। पत्थरीको उपचार गर्न गएकी २३ बर्षीया ललिताको अस्पतालले किड्नी झिकेको उनीहरुको आरोप छ। मृतककी भाउजू गीताले भनिन् 'सामान्य विरामीको अस्पतालले ज्यान लियो। पत्थरीको उपचार गर्न गएको मान्छे अस्पतालको लापरवाहीले ४० दिन आइसियूमा राख्यो अनि ज्यान लिने काम गर्यो।'
उनले आफूहरुले क्षतिपूर्तीको माग गर्दा उल्टै पैसा नतिरेसम्म शव नदिएर थप अन्याय गरेको बताइन्। उनले भनिन् 'अस्पतालको लापरवाहीले हामीले आफन्त गुमायौं अहिले फेरी हामीलार्इ पैसा नतिरे शव नदिने भनेर अस्पतालले पीडा दिएको छ। शनिवार देखि शव दिएको छैन।'
पाँच जना पक्राउ
क्षतिपूर्तिको माग गरेर अस्पतालमा नारावाजी गर्ने क्रममा पाँच जना पक्राउ परेका छन्। सोमबार विहान उनीहरुलार्इ अस्पताल परिसरबाटै पक्राउ गरिएको हो।