प्रधानमन्त्रीको निर्णय उल्टयाउने गच्छदारको प्रयास असफल

प्रधानमन्त्रीको निर्णय उल्टयाउने गच्छदारको प्रयास असफल

काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले गरेको निर्णय उल्टयाउने गरी सोमबार कार्यावाहक प्रधानमन्त्री बिजयकुमार गच्छादारले राखेको मन्त्रिपरिषद बैठक असफल भएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयलाई कार्यबाहक प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकले सच्याउन सक्ने कानुनी व्यवस्था नभएका कारण गच्छादारको प्रयास असफल भएको हो ।  


सरकारले यही असोज २ गते चिकित्सकको चरम लापबाहीका कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेसागत वा व्यावसायिक बीमा र क्षतिपूर्तिलगायतका आवश्यक विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो।
उक्त निर्णय फिर्ता लिनुपर्नेलगायत तीन बुँदे माग राखी यही ६ गते शुक्रबारदेखि संघले देशभर आकस्मिकबाहेकका स्वास्थ्य संस्था बन्द गरेको थियो। स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलका अनुसार कार्यबाहक प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले अघिल्लो बैठकले गरेको निर्णयलाई सच्याउन प्राविधिक कारणले नमिलेका कारण प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौ आएपछि पुन बैठक बस्ने निर्णय गरिएको हो ।

 ‘कार्यावाहक प्रधानमन्त्रीको अध्यक्षताको बैठकले पहिलेको निर्णय उल्टयाउने चलन रहेछ’मन्त्री पोखरेलले अन्नपूर्णसँग भने । चिकित्सक संघका पदाधिकारीहरुले आइतवार भेटेपछि कार्यबाहक प्रधानमन्त्री गच्छदारले सोमबार आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन । गच्छादारले चिकित्सक संघका पदाधिकारीलाई आफूले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएर उनीहरुका माग सम्बोधन गर्ने जानकारी आइतवार नै गराएका थिए । चिकित्सकको सुरक्षा लगायतका बिषयलाई पनि सम्बोधन गर्ने गरी प्रधानमन्त्री स्वदेश फर्किएपछि निर्णय गरिने मन्त्री पोखरेलले जानकारी दिए ।

सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ। मन्त्रिपरिषदबाट फर्किए लगत्तै मन्त्री पोखरेल चिकित्सक संघका पदाधिकारीसँगको वार्तामा सहभागी भएका थिए ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्ने हुँदा स्वास्थ्य संस्था बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए।
सूचना तथा सञ्चार मन्त्री बस्नेतका अनुसार चिकित्सक संघले आकस्मिक बाहेकका देशभरका स्वास्थ्य संस्था बन्द गरेको सम्बन्धमा मन्त्रिपरिषद्मा गम्भीर छलफल भएको र प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेकाले आगामी मन्त्रिपरिषद्को बैठकबाट संघको माग टुङ्ग्याइने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.