वीरगन्जमा फोरमको अग्रता फराकिलो बन्दै

वीरगन्जमा फोरमको अग्रता फराकिलो बन्दै

वीरगन्ज: तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढि चासो रहेको प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मेयर पदमा संघीय समाजवादी फोरम नेपालले कांग्रेससँगको मतान्तर फराकिलो बनाउदै लगेको छ। वीरगन्जमा ८४ हजार भन्दा बढी मत खसेकोमा सोमबार दिउँसो १ बजे सम्म ६१६४३ मत गन्दा मेयरमा फोरम नेपाल, नेपाली कांग्रेस भन्दा ९८४ मतले अगाडि छ।

मेयरमा फोरम नेपालका उम्मेदवार विजय सरावगीले भने १४३१२ मतका साथ अग्रता लिइरहेका छन्। वीरगन्ज महानगरपालिकाको दोश्रो स्थानमा रहेका कांग्रेसका मेयर उम्मेदवार अजय द्विवेदीले १३३२८ मत पाएका छन्। तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहले भने ८९२२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका बसरुद्धिन अन्सारी ६७९४ मतका साथ चौथो स्थानमा र नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ६३२८ मतका साथ पाँचौ स्थानमा छन्।

नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्त भने ५५०५ मतका साथ छैठौं स्थानमा छन्। यस्तै वीरगन्ज महानगरपालिकाको उपेयरमा भने नेपाली काँग्रेसले नै अग्रता कायम राखेको छ । उपमेयरमा काँग्रेसकी शान्ति कार्की १५११३ मतका साथ अगाडि छिन् ।यस्तै उपमेयरमा फोरम नेपालकी पिंकी यादव १३३६३ मतका साथ दोश्रो स्थानमा र नेकपा एमालेकी उम्मेदवार सोफिया आचार्य ७९३६ मतका साथ तेश्रो स्थानमा छिन्।

यसैगरि उपमेयरमा राजपाकी रम्भा मिश्रा ७६६० मतका साथ चौथो स्थानमा , लोकतान्त्रिक फोरमकी रिङ्कु देवि यादव ४४८४ मतका साथ पाचौ स्थानमा र माओवादी केन्द्रकी दुर्गा क्षेत्री ३९३२ मतका साथ छैठौ स्थानमा छिन्।

वीरगन्ज महानगरपालिकाको ३२ वटा वडा मध्ये अहिले सम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, २६, २७, २८, २९, ३ , ३१ र ३२ को अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। जसमा वडा नम्बर १ को वडा अध्यक्षमा काँग्रेसका मनोज गुप्ता, वडा नम्बर २ मा फोरम नेपालका शेख अब्बास, वडा नम्बर ३ मा राजपाका बैजु स्वर्णकार, वडा नम्बर ४ मा काँग्रेसका जगत साह कानु, वडा नम्बर ५ मा राजपाका प्रदीप चौरसीया, वडा नम्बर ६ मा काँग्रेसका ध्रुब नेपाल, वडा नम्बर ७ मा फोरम नेपालका बसन्त भक्कड , वडा नम्बर ८ मा एमालेका राज कीशोर गुप्ता, वडा नम्बर ९ मा फोरम नेपालका मनोज कलवार विजयी भएका छन्।

यस्तै वडा नम्बर २६ मा काँग्रेसका शम्भु मिश्रा,वडा नम्बर २७मा एमालेका प्रदीप यादव,वडा नम्बर २८ को अध्यक्षमा फोरम नेपालकी गिरीजा देवी कुर्मीन्, वडा नम्बर २९ मा फोरम नेपालकै धर्मेन्द्र चौधरी , वडा नम्बर ३० को वडा अध्यक्षमा एमालेका अमानत अन्सारी, वडा नम्बर ३१ मा काँग्रेसका चुमनदास चौधरी र वडा नम्बर ३२ को वडा अध्यक्षमा राजपाका रियाज अहमद मिया विजयी भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.