पाँच सूत्रीय माग राखी डा केसी फेरि अनशनमा

पाँच सूत्रीय माग राखी डा केसी फेरि अनशनमा

काठमाडौँ: त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले पाँच सूत्रीय माग राखी पुनः सत्याग्रह (अनशन) सुरु गरेका छन्।महाराजगञ्जस्थित सो संस्थाको हाताभित्र पत्रकार सम्मेलन गरी उनले आफ्नो १२ औँ अनशन सुरु गरेका हुन्।

 

सरकारले सोमबार व्यवस्थापिका–संसदबाट बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४ लाई संशोधन नगरी पारित गर्न लागेको भन्दै उनले अनशन सुरु गरेका हुन्। यस अघि यही असोज २० गतेदेखि सत्याग्रह कार्यक्रम सुरु हुने भनिएको थियो।

मागमा माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई समेत समावेश गरी चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सरकारले निर्धारण गरेअनुसार नै काठमाडौँ विश्वविद्यालयले एमबिबिएसको शुल्क लिनुपर्ने, त्रिविवि पदाधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने लगायतका मागहरु केसीले अगाडि सारेका छन्।

यसैगरी, अन्य मागमा हालै बर्खास्त गरिएका नेपाल आयल निगमका कार्यकारी प्रमुखमाथि छानबिन गरी हिनामिना गरिएको भए सो रकम उसुलउपर गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन तत्काल सुरु हुनुपर्ने, देशका विभिन्न भागमा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउनुपर्ने र नेपाल चिकित्सक संघले उठान गरेका माग पूरा गर्नुपर्ने रहेका छन्। डा केसीले विगतमा आफूले उठान गरेका माग सम्बोधन नभएको बताउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.