प्रधानमन्त्री देउवा अबुधाबीमा

प्रधानमन्त्री देउवा अबुधाबीमा

अबुधाबी (युएइ): प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी आइपुगेका छन्। प्रधानमन्त्री देउवा संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा दिउँसो अबुधाबी आइपुगेका हुन्। प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल साँझ ५ बजे ओमनको मस्कटका लागि प्रस्थान गर्नेछ।

 

त्यहाँ प्रधानमन्त्री देउवाले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखहरुलाई नेपाली आप्रवासी कामदारले भोग्नुपरेका समस्या र उनीहरूको संरक्षणका बारेमा निर्देशन दिने कार्यक्रम छ। श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर मस्कटबाट प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी हुने कार्यक्रम छ।

प्रधानमन्त्री देउवाको सम्मानार्थ ओमन सरकारले रात्रिभोजको आयोजना गरेको उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराका स्वकीय सचिव युवराज चौलागाईंले जानकारी दिएका छन्।

प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन गर्नुका साथै सोही दिन राष्ट्र संघ महासचिव एन्टिोनियो गुटेरससँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका थिए। महासभाका दौरान न्यूयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री सेख हसिना, पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासी र इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडसँग भेटवार्ता गरेका थिए।

प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी हुनुहुन्छ । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल असोज १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.