जीर्ण जनकपुरको व्यवस्थापन गर्छौं : नगरप्रमुख साह

जीर्ण जनकपुरको व्यवस्थापन गर्छौं : नगरप्रमुख साह

जनकपुरधामः जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले उपमहानगरपालिकाको सबैभन्दा प्रमुख कार्य जीर्ण जनकपुरको व्यवस्थापन भएको बताएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा सोमबार जनकपुरधाममा आयोजित शपथ ग्रहण समारोहमा उनले जनकपुरको गरिमालाई जोगाइराख्ने कार्यमा सबैको सहयोगको खाँचो औँल्याए। निर्वाचनका क्रममा दलहरूबीच प्रतिस्पर्धा रहेकामा अब त्यस्तो प्रतिस्पर्धा सकारात्मक कामका लागि हुनुपर्ने उनको धारणा थियो।

मिथिला संस्कृतिको जगेर्ना र सामाजिक एकताका लागि ऐक्यबद्धताको आवश्यकता रहेको पनि उनले बताए।

उपप्रमुख रीता झाले जनकपुरको सट्टा जनकपुरधाम प्रचलनमा ल्याउन र धार्मिक वातावरण निर्माण गर्न सबै पक्षको सहयोग जरुरी भएको धारणा राखिन्।
मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जनप्रतिनिधिहरूले अव्यवस्थित जनकपुरलाई व्यवस्थित गर्ने र धार्मिक सौम्यता कायम राख्ने कार्यलाई प्राथमिकता दिने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.