मुलुकी देवानी (संहिता) विधेयक पारित

मुलुकी देवानी (संहिता) विधेयक पारित

 

काठमाडौँ: व्यवस्थापिका–संसद्को आजको बैठकले मुलुकी देवानी (संहिता) विधेयक, २०७४ लाई पारित गरेको छ। उक्त विधेयक पारित गर्न कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। 

विधेयक प्रस्तुत हुँदा पैत्रिक सम्पत्तिमा इच्छापत्रसम्बन्धी व्यवस्था भएकोमा १९ वर्षपछि लागू हुने गरी त्यस्तो प्रस्तावको साटो अंशबण्डाको व्यवस्था राख्न संसद्ले निर्देशन दिएबमोजिम विधेयक पारित भएको छ। 

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि एक वर्षपछि लागू हुने यो विधेयक मुलुकी ऐनलाई विस्थापन गर्नेमध्ये एक हो । संसद्मा मुलुकी ऐनलाई विस्थापन गर्ने अन्य विधेयक विचाराधीन छन्। 

यसैगरी बैठकले ‘मुलुकी देवानी कार्यविधि (संहिता) २०७४ पनि पारित गरेको छ । सो विधेयक निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुग्ने भनी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रश्न उठाए पनि सभामुख ओनसरी घर्तीले विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभयो। 

तत्पश्चात् १५ मिनेटका लागि स्थगित भएको बैठक सांसदहरुको गणपूरक संख्या अपुग देखिए पछि यही असोज २० गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरी बैठक स्थगित भयो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.