प्रदेश ३ मुख्यमन्त्रीका दावेदार गगनको सक्रियता

प्रदेश ३ मुख्यमन्त्रीका दावेदार  गगनको सक्रियता

 

काठमाडौं : कांग्रेस केन्द्रीय सदस्य गगन थापाले ३ नम्बर प्रदेशलाई केन्द्रमा राखेर चुनावी अभियान थालेका छन् । उनले नेपालीको महान् चाड बडादसैंको सदुपयोग गर्दै प्रदेश नम्बर ३ का कांग्रेस नेतासँग संवाद सुरु गरिसकेका छन् ।गगनले सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का नेता-कार्यकर्तासँग आफू प्रदेशसभा निर्वाचनमा आउन लागेको जनाउ दिँदै सहयोगका लागि अपिल पनि गर्न भ्याए ।

कमलादीस्थित प्रज्ञा भवनमा आयोजित भेलामा गगनले आसन्न प्रदेशसभाको निर्वाचनमा ३ नम्बर प्रदेशको नेतृत्व गरेर आफू चुनावी मैदानमा उत्रन लागेको खुलाए । दसैं शुभकामना आदानप्रदानको नाममा गगनको यो सक्रियतालाई कांग्रेसी नेता-कार्यकर्ताले ३ नम्बर प्रदेशका लागि निर्वाचन अभियान सुरु गरेको अर्थका रूपमा लिएका छन् । गगनलाई कांग्रेसभित्र ३ नम्बर प्रदेशको सम्भावित मुख्यमन्त्री दावेदारका रूपमा हेरिएको छ ।

 

उनले पार्टी नेतृत्वसमक्ष आफूलाई मुख्मन्त्रीका रूपमा अघि सारिए प्रदेशसभा निर्वाचनमा आउन तयार रहेको जनाउसमेत दिइसकेका छन् । गगन दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन् । ३ नम्बर प्रदेशलाई एमालेको राम्रो पकड क्षेत्र मानिन्छ ।कांग्रेसले युवामाझ लोकप्रिय गगनलाई प्रदेशसभा निर्वाचनमा उतार्ने रणनीति बनाएको छ ।प्रज्ञा भवनमा आयोजित दसैं शुभकामना आदानप्रदान कार्यक्रममा गगनको निर्वाचन क्षेत्रसहित काठमाडौंका कांग्रेस नेता-कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

कांग्रेसले संघ र प्रदेश निर्वाचनका लागि सम्भावित उम्मेदवारको नामावली संकलन गर्ने प्रक्रिया अघि बढाएसँगै प्रदेशसभाका सम्भावित दाबेदारको सक्रियता पनि बढेको छ ।५ नम्बर प्रदेशको मुख्यमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गर्दै बालकृष्ण खाँड पनि प्रचारप्रसारमा खटिसकेका छन् ।

कांग्रेसले १३ गतेभित्र गाउँ स्तरबाट र १५ गतेभित्र क्षेत्र स्तरबाट तथा १७ गते जिल्लाबाट संघ र प्रदेश दुवैको उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा पठाउन पत्राचार गरिसकेको छ ।
राजधानी काठमाडौंसहित ३ नम्बर प्रदेशमा सबैभदा बढी प्रदेशसभाको निर्वाचन क्षेत्र छ । ६६ निर्वाचन क्षेत्र भएको ३ नम्बर प्रदेशसहितका अन्य प्रदेशका लागि प्रमुख विपक्षी एमालेले समेत रणनीति बनाइरहेको छ ।

१७ असोजभित्र प्रदेश र संघ निर्वाचन उम्मेदवारको नामावली मागेको कांग्रेसले दसैंलगत्तै उम्मेदवार छान्ने जनाएको छ ।स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटमा ढिलाइ भएकै कारण अपेक्षाकृत परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको कांग्रेसले संघ र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार असोज अन्तिमसम्म टुंग्याउने रणनीति बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.