माओवादीले माने तालमेल गर्न तयार : माधव नेपाल

माओवादीले माने तालमेल गर्न तयार : माधव नेपाल

चितवन : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले माओवादीले माने कार्यगत एकता गर्न एमाले तयार रहेको बताएका छन् । एमाले चितवनको प्रशिक्षण कार्यक्रममा सहभागी हुन चितवन पुगेका नेता नेपालले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै वाम एकता अहिलेको आवश्यकता भएकाले यसका लागि एमाले प्रयासरत रहेको जानकारी दिएका छन् ।

 

त्रकारहरुसँग कुरा गर्ने क्रममा नेपालले भने, ‘बामपन्थी तालमेलको सम्भावना प्रबल छ, माओवादी तयार भए राष्ट्रिय रुपमा तालमेल गर्न तयार छौं नत्र प्रदेश र जिल्ला तहमा तालमेल हुने सम्भावना छ ।’ 
आगामी प्रदेश र संघीय निर्वाचनमा माओवादीले काग्रेससँग तालमेल नगरे एमालेसँग हुने सम्भावना धेरै रहेको उनले जनाए । 

प्रदेश २ प्रमुख र उपप्रमुख पदमा एमाले पछि परे पनि समग्र पदमा एमाले दोस्रो स्थानमै रहेको नेपालले दावी गरे ।

उनले चर्चामा आए जस्तो रौतहटमा एमाले कमजोर भयो भन्ने कुरा सत्य नभएको धारणा व्यक्त गरे । जनता र पार्टीको माग र आवश्यकताका आधारमा आफू काठमाडौं र रौतहट मध्ये एक ठाउँबाट चुनाव लड्ने नेपालले स्पष्ट पारे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.