सहर सरसफाईमा जुटे जनप्रतिनिधि

सहर सरसफाईमा जुटे जनप्रतिनिधि

जनकपुरधाम: तेस्रो चरणको निर्वाचनबाट स्थानीय तहमा निर्वाचित भएका जनकपुर उपमहानगरपालिकाका जनप्रतिनिधिले नगर क्षेत्रमा कुचो लगाएर सरसफाई गर्दै कामको थालनी गरेका छन्। अत्यधिक मतले विजयी भएका जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, उपमेयर रीता झा, वडा अध्यक्ष तथा सदस्यहरु मंगलबार विहानै जनकपुरको व्यस्त बजार र धार्मिकस्थलहरुमा कुचो लगाउँदै भेटिए। 

 

हातहातमा कुचो लिएर सरसफाईमा निस्केका जनप्रतिनिधिहरुले दशैंको बेला मन्दिरहरुमा भएको फोहोरहरुलाई सफा गरे। सरसफाइका कर्मचारीहरु पनि संगसंगै खटिएपछि धार्मिकस्थलहरु सफा र चिटिक्क देखिएका छन्। उनीहरुलाई सर्वसाधारणले पनि साथ दिए।

जनकपुरमा सबैभन्दा ठूलो समस्या नै फोहोर व्यवस्थापन र सरसफाई भएकाले आफू मेयर पद सम्हालेपछि पहिलो प्राथमिकतामा यि दुई विषय रहेको साह बताउँछन् । यो नगर पहिला जनकपुरधाम थियो तर पछिल्लो समय यसको दुरावस्थाले जनकपुरमा सीमित भएको हो तर, यसलाई पुनः यसको गरीमा फर्काउने गरी आफूहरुले काम गर्ने मेयर साहले बताए।

नगरक्षेत्रमा सफाईको बन्दोबस्तका लागि ठोस निर्णय गरेर अगाडि बढ्ने आफूहरुको योजना रहेको उपमेयर रीता झाले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.