दशैं अवधिभर यात्रुवाहक गाडीलार्इ रुट परमिट नचाहिने

दशैं अवधिभर यात्रुवाहक गाडीलार्इ रुट परमिट नचाहिने

काठमाण्डौं: दशै‌मा घर जाने यात्रुको चापलार्इ मध्यनजर गर्दै सरकारले यात्रुबाहक बसलार्इ रुट परमिट फ्री गरेको छ। भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले असोज ११ गते फुलपाति देखि १९ गते कोजाग्रत पूर्णिमाका दिनसम्म यात्रुवाहक बस वीपी राजमार्गबाहेक देशभर जुनसुकै रुटमा पनि चल्न पाउने निर्णय गरेको हो। 

 

फुलपातीदेखि सरकारी र नीजि कार्यालय बन्द हुनुका साथै घर जाने यात्रुको संख्या अत्याधिक हुने भएकाले रुट परमिट फ्री गरिएको भौतिक योजना मन्त्री वीरबहादुर बलायरले बताए। काठमाण्डौं बाहिर जाने यात्रुहरुले गाडी नपाएको गुनासो बढेकाले थप गाडीलार्इ रुप परमिट आवश्यक नपर्ने निर्णय गरिएको उनले बताए।

सरकारले फूलपातीदेखि यात्रुहरुलार्इ मध्यनजर गर्दै ३०० गाडीको समेत व्यवस्था गरेको मन्त्रीका प्रेस संयोजक रमेश जोशीले बताए। वीपी राजमार्गमा ठूला सवारीसाधन चल्दा सडक भाँसिने र दूर्घटना पनि बढेकाले सरकारले उक्त रुटमा भने परमिट नदिएको जोशीले बताए।

दशैं अवधिभर रुट परमिट आवश्यक नपर्ने सरकारी निर्णयले यात्रुलार्इ राहत हुने भएको छ। दशैंमा घर जाने यात्रुले बस नपाएको गुनासो गर्दै आएका थिए। काठमाण्डौं उपत्यकाबाट दशैंमा करिव एक लाख सर्वसाधारण बाहिरिने गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

घर जाने यात्रुको संख्या धेरै भएपनि यातायात व्यवसायीहरुले बस नथप्दा निकै समस्या भएको थियो। यात्रुवाहक बस थप गर्ने र रुट परमिट आवश्यक नपर्ने भएपछि घर जाने यात्रुले राहत पाउने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.