कांग्रेस र एमाले दुवैको रोजाइ माओवादी

कांग्रेस र एमाले दुवैको रोजाइ माओवादी

 

भरतपुर : आफ्नो दलको हैसियत बढाउन चुनावी तालमेलको तयारीमा आफूहरू रहेको मुख्य तीन दलका नेताहरूले बताएका छन् । उनीहरूले प्रदेश र संघीय निर्वाचनका लागि उपलब्धिसहितको गठबन्धनका लागि कसरत गरेका हुन् । कांग्रेस र एमालेको गठबन्धनको रोजाइ माओवादी केन्द्र नै रहेको छ।

मंगलबार चितवन आएका तीन दलका नेताले आफू अनुकूल गठबन्धन गर्ने बताएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताले आवश्यकताअनुसार तालमेल हुने बताएका छन् । चितवन पुगेका तीनै दलका नेताले छुट्टाछुट्टै आयोलित पत्रकार सम्मेलनमा पार्टीको तालमेल पार्टीको आवश्यकतामा निर्भर रहेको बताए ।

 

भरतपुर विमानस्थलमा गरिएका छुट्टाछुट्टै पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार र कांग्रेस केन्द्रीय सदस्य गगन थापाले पार्टीभित्रको तालमेल तयारीबारे चर्चा गरे ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रदेशको निर्वाचनका लागि तालमेल कोसँग गर्ने भन्ने विषयमा टुंगो नलागेको बताए । उनले प्रदेश र केन्द्रको निर्वाचनमा संघीय लोकतान्त्रिक पक्षधरसँग तालमेल गर्ने निर्णय गरेको भन्दै निष्कर्ष नभएको बताए । ‘देशभर तालमेल गर्न सबैसँग छलफल अगाडि बढेको छ’, उनले भने, ‘ कांग्रेस वा एमाले कोसँग तालमेल गर्ने भन्नेमा निचोड निस्किएको छैन ।’

प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले राष्ट्रिय आवश्यकताका लागि तालमेल गर्न लागेको बताए । उनले पार्टीमा एक्लै निर्वाचन लड्ने विषय भए पनि राष्ट्रिय आवश्यकताका लागि तालमेल गर्न खोजेको बताए । तेस्रो चरणको निर्वाचनमा माओवादी केन्द्र उकालो लागेको भन्दै प्रदेशको निर्वाचनमा कांग्रेस-एमालेसँग बराबरीमा आउने दाबीसमेत गरे । ‘एक्लै चुनाव लडेर जित्ने कोसिसमा छैाँ’, उनले भने, ‘तर राष्ट्रिय आवश्यकताअनुसार तालमेल जरुरी छ भनेर छलफल गरेका हौं ।’

एमालेका वरिष्ठ नेता नेपालले भने आफूहरू माओवादी केन्द्रसँग तालमेल गर्न इच्छुक रहेको बताए । माओवादी केन्द्रले चाहे आफूहरू तालमेल गर्न तयार रहेको उनले बताए । बामपन्थी तालमेल आवश्यक रहेको उनको भनाइ थियो । ‘माओवादीसँग मिल्ने सम्भावना प्रवल छ’, उनले भने, ‘सके राष्ट्रिय रूपमै नभए प्रदेश र जिल्लामा पनि मिल्न सकिन्छ ।’ प्रेस चौतरीले गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेससँगको तालमेलबारे भने केही बताएनन् ।

‘माओवादी-कांग्रेस मिलेर गए हाम्रो के लाग्छ र? ’, नेपालले भने, ‘यही त्यसो नभई माओवादी हामीसँग मिल्न चाहन्छ भने मिल्नुपर्छ र मिल्न तयार पनि छैाँ । एमालेले तालमेल गर्न चाहेको जानकारी दिँदै उनले माओवादीसँग कुरा भइरहेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले केन्द्रीय नेताको निर्णय र इच्छाले मात्र तालमेल नहुने बताए । पार्टीको स्थानीय तहदेखि केन्द्रीयस्तरमा ब्यापक छलफल र बहसपछि मात्रै तालमेल गरिने बताए । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले अबको निर्वाचनमा चुनावी मैदानमा पुगेपछि मात्र तालमेल नहुने बताए ।

‘पार्टीभित्र बहस नगरी एकैपटक पार्टीका नेताको निर्णय र इच्छाको भरमा तालमेल हुँदैन’, थापाले भने, ‘अबको रणनीतिबारे छलफल भएपछि मात्रै तालमेलको निर्णय हुन्छ ।’ उनले निर्वाचनअघिको तालमेलले मात्र परिणाम राम्रो आउने भन्दै त्यसमा जोड दिएका छन् । आफू प्रदेश नम्बर तीनको मुख्यमन्त्रीको आकांक्षी रहेकोसमेत उनले बताए । ‘पार्टीले जिम्मेवारी दिए नेतृत्व लिन तयार छु’, उनले भने, ‘मेरो इच्छा प्रदेश नम्बर तीनमा उम्मेदवार बन्ने इच्छा हो ।’ उनले आन्दोलनको स्वरूप परिवर्तन गर्न चिकित्सकलाई आग्रह पनि गरे । उनले आन्दोलनका कारण जनता उपचारबाट विमुख रहेको भन्दै वार्ता र संवादबाट निकास खोज्न आग्रह गरेका थिए ।

माओवादी अध्यक्ष दाहाल र कांग्रेस नेता थापा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आयोजना गरेको अस्पतालको वार्षिकोतसव तथा राष्ट्रिय क्यान्सर सतर्कता दिवसमा सहभागी हुन आएका हुन् । एमाले नेता नेपाल पार्टीको जिल्ला प्रशिक्षणमा भाग लिन आएका हुन् । छुट्टाछुट्टै आएका उनीहरूका लागि पालैपालो पत्रकार सममेलन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.