विमलेन्द्रले जोगाए गृहनगर

विमलेन्द्रले जोगाए गृहनगर

काठमाडौं : स्थानीय तहको तेस्रो चरणअन्तर्गत दुई नम्बर प्रदेशको निर्वाचनमा शीर्ष नेताले आफ्ना वडा र नगर जोगाउन नसकेको अवस्थामा कांग्रेस नेता विमलेन्द्र निधिले आफ्नो गृहनगर नगराइन नगरपालिका जोगाउन सफल भएका छन् ।

केही समययता विभिन्न समाचारमा निधिले मतदान गरेको नगराइन नगरपालिका-२ मा एमाले विजय भएको खबर सार्वजनिक भएको थियो । तर, निर्वाचन कार्यालय धनुषाले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार निधिको गृहनगर नगराइन नगरपालिकाको मेयर र उपमेयर समेतमा कांग्रेस नै निर्वाचित भएको छ । त्यहाँ एमालेले कांग्रेस उम्मेदवारलाई कडा टक्कर दिएका थिए ।

दोस्रो संविधानसभा निर्वाचनमा समेत निधि एमालेकै जुली महासेठसँग झिनो मतान्तरले विजय भएका थिए । यद्यपि, स्थानीय निर्वाचनमा निधिले जनकपुर उपमहानगरलाई कांग्रेसको पोल्टामा पार्न सकेनन्।

जनकपुर उपमहानगरमा कांग्रेसलाई ठूलो मतान्तरले राष्ट्रिय जनता पार्टी नेपाल, (राजपा) विजयी भएको छ ।दुई नम्बर प्रदेशमा असोज २ मा भएको निर्वाचनमा एमाले नेता माधव नेपाल, राजपा नेता अनिल झालगायत शीर्ष नेताले मतदान गरेको ठाउँमा उनीहरू सम्बद्ध पार्टीले पराजय भोग्नुपरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.