फरार मोटरसार्इकल चालक पक्राउ
गाईघाट: उदयपुरकी एक बालिकालाई ठक्कर दिई बेपत्ता बनेका मोटरसाईकल चालकलाई चितवन प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिका कन्स्ट्रक्सन कार्यरत इन्जिनियर गौरब पौडेल रहेका छन्।
सोमबार उदयपुरको बेलका नगरपालिका ५ की ७ बर्षीया बालिका आरती सदालाई ना.४५.प. ३८०८ नम्बरको बुलेट मोटरसाईकले ठक्कर दिएको थियो। ठक्कर दिएपछि चालक पौडेल फरार भएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए।
मोटरसाईकलको ठक्करबाट घाईते भएकी बालिकाको मंगलबार उपचारको क्रममा ज्यान गएको एसपी भट्टले बताए। मंगलबार चितवनमा पक्राउ परेका पौडेललाई प्रहरीले मंगलबार बेलुकी जिल्ला ल्याइ पुर्याएको थियो।
पक्राउ परेका पौडेललाई प्रहरी हिरासतमा राखेर अनुसन्धान र कारवाही प्रकृया सुरु गरिएको प्रहरीले जनाएको छ।