आर्थिक नगरी वीरगन्जको मेयरमा उद्योगी सरावगी

आर्थिक नगरी वीरगन्जको मेयरमा उद्योगी सरावगी

वीरगन्ज : तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढी चासो रहेकोे प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरमा संघीय समाजवादी फोरम नेपालले बाजी मारेको छ । 

नेपाली काँग्रेसको गढ मानिने वीरगन्जमा, स्थानीय तहको निर्वाचनमा फोरम नेपालले कब्जा जमाएको हो । वीरगन्ज महानगरको मेयरमा काँग्रेसका उम्मेदवार अजय द्विवेदीलाइ २१९६ मतको फराकिलो अन्तरले पराजित गर्दै फोरम नेपालका सरावगी विजयी भएका हुन् ।

मेयरमा निर्वाचित सरावगीले १९३९३ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका द्विवेदीले भने १७१९७ मत मात्रै पाए । तेस्रो स्थानमा रहेका भएका राष्टिय जनता पार्टी (राजपा) का राजेशमान सिंहले भने १२१६५ मत प्राप्त गरेका छन् । नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव भने ८७०१ मतका साथ चौथो स्थानमा रहे । नेकपा एमालेका बसरुद्धिन अन्सारी ८६८८ मतका साथ पाचौ स्थानमा रहे । नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ८३०५ मतका साथ छौठांै भएका छन् ।

 

वीरगन्ज महानगरपालिकाको उपमेयरमा भने नेपाली कांग्रेसकी उपमेयरमा काँग्रेसकी शान्ति कार्की १०७७ मत अन्तरले विजयी भएकी छिन् । उनी १९६०७ मतसहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी फोरम नेपालकी पिंकी यादवले १८५३० प्राप्त गरिन् ।राजपाकी रम्भा मिश्राले १०६६३, एमालेकी सोफिया आचार्यले १०३४१, लोकतान्त्रिक फोरमकी रिंकुदेवि यादवले ७५८६ र माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले ५०२८ मत प्राप्त गरिन् ।

को हुन् मेयरमा निर्वाचित सरावगी ? 

वीरगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एंव नेपाल उद्योग वाणिज्य महासंघको दुई पटक कार्यकारीणी सदस्यसमेत रहिसकेका सरावगी, गत चैत ६ गते फोरम नेपालमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरे लगत्तै फोरम नेपालले उनलाइ मधेस प्रदेशको कोषाध्यक्षको जिम्मेदवारी दिएको थियो । राजनीतिक पार्टीमा लाग्नु भन्दा पहिले वीरगन्जका विभिन्न विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी भवनमा विभिन्न दाता र स्वंय आफनो तर्फबाटसहयोग गरेका सरावगी, समाजसेवीका रुपमा परिचित थिए । 

को हुन् उपमेयरमा निर्वाचित शान्ति कार्की ?

नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि रहेकी शान्ति कार्की अविवाहित महिला हुन् । १७ वर्षकै उमेर देखि नै नेपाल विधार्थी संघबाट काँग्रेसको राजनीति शुरु गरेकी ८७ वर्षीया कार्कीलाई राजनीतिमा लागेको सात दशकपछि मात्रै पार्टीले स्थानीय तहको निर्वाचनमा उपमेयरको उम्मेदवार बनाएको थियो । सात दशकदेखि राजनीतिमा लागेपछि कुनै पनि लाभको पद नलिएकी कार्कीलाई पार्टीले स्थानीय तहको निर्वाचनमा उपमेयरको उम्मेदवार बनाए लगत्तै उनको पक्षमा जनमत बन्दै गएको थियो ।

वीरगन्जका १२ वटा वडामा फोरम र १० वटा वडामा काँग्रेस विजयी

वीरगन्ज महानगरपालिकाको ३२ वटा वडा मध्ये फोरम नेपालले सबैभन्दा बढी १२ वटा वडामा जित हात पारेको छ । यस्तै नेपाली काँग्रेसले १० वटा वडामा, नेकपा एमालेले ५ वटा वडामा, राजपाले ३ वटा वडामा, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक फोरमले एक एक वटा वडाको अध्यक्षमा जित हात पारेको छ । 

वडा नम्बर १ को वडा अध्यक्षमा काँग्रेसका मनोज गुप्ता, वडा नम्बर २ मा फोरम नेपालका शेख अब्बास, वडा नम्बर ३ मा राजपाका बैजु स्वर्णकार, वडा नम्बर ४ मा काँग्रेसका जगत साह कानु, वडा नम्बर ५ मा राजपाका प्रदीप चौरसीया, वडा नम्बर ६ मा काँग्रेसका ध्रुब नेपाल, वडा नम्बर ७ मा फोरम नेपालका बसन्त भक्कड, वडा नम्बर ८ मा एमालेका राज कीशोर गुप्ता, वडा नम्बर ९ मा फोरम नेपालका मनोज कलवार, वडा नम्बर १० मा काँग्रेसका रामनगीना प्रसाद कानु, वडा नम्बर ११ मा एमालेका प्रधुम्न सेढाँइ, वडा नम्बर १२ मा फोरम नेपालका राम दरश प्रसाद कुशवाहा, वडा नम्बर १३ मा फोरम नेपालका तुफान फारुक अन्सारी, वडा नम्बर १४ को वडा अध्यक्षमा फोरम नपालकै भरत कुर्मी विजयी भएका छन् ।

वीरगन्जको वडा नम्बर १५ मा काँग्रेसका गजेन्द्र कुर्मी, वडा नम्बर १६ मा फोरम नेपालका श्यामबाबु चौरसीया, वडा नम्बर १७ मा फोरम नेपालका सुखरानी देवी, वडा नम्बर १८ मा काँग्रेसका ब्रम्हदेव कुर्मी, वडा नंबर १९ मा लोकतान्त्रिक फोरमका संतोष तिवारी, वडा नम्बर २० मा माओवादी केन्द्रका पारस प्रसाद यादव, वडा नम्बर २१ मा काँग्रेसका हबीब मिया, वडा नम्बर २२ मा फोरम नेपालका ग्यासुदीन मिया, वडा नम्बर २३ मा एमालेका अवध किशोर कुशवाहा, वडा नम्बर २४ मा काँग्रेस दशरथ प्रसाद कुर्मी, वडा नम्बर २५ मा फोरम नेपालका बिराज राउत कुर्मी ,वडा नम्बर २६ मा काँग्रेसका शम्भु मिश्रा,वडा नम्बर २७ मा एमालेका प्रदीप यादव ,वडा नम्बर २८ को अध्यक्षमा फोरम नेपालकी गिरीजा देवी कुर्मीन्, वडा नम्बर २९ मा फोरम नेपालकै धर्मेन्द्र चौधरी, वडा नम्बर ३० को वडा अध्यक्षमा एमालेका अमानत अन्सारी, वडा नम्बर ३१ मा काँग्रेसका चुमनदास चौधरी र वडा नम्बर ३२ को वडा अध्यक्षमा राजपाका रियाज अहमद मिया विजयी भएका छन् ।

कुल एक लाख आठ हजार पाच सय एक मतदाता रहेको वीरगन्ज महानगरपालिकामा असोज २ गते भएको निर्वाचनमा ८४ हजार एक सय ६० मत खसेको थियो ।

 मेयरमा निर्वाचित भए लगत्तै सरावगीले के भने ?

वीरगन्ज महानगरको मेयरमा यो विजय सरावगीको विजय होइन महानगरमा रहेका चार लाख नगरवासीको जित हो । मेयरमा निर्वाचित भएपछि मेरा मुद्धाहरु यी रहने छन् ः 
१, वीरगन्जमा विगत ५० वर्षमा हुन नसकेको विकास म मेरो कार्यकालको ५ वर्षमै गर्छु ।
२, अबको तीन महिनामा अव्यवस्थित नाला, सडक र फोहोरको व्यवस्थापन गरेर वीरगन्जलाई व्यवस्थित, समृद्ध र मुलुककै सर्वोत्कृष्ट महानगर बनाउछु ।
३, वीरगन्ज महानगरमा रहेका सबै सामुदायिक विद्यालयहरुमा आउने शैक्षिक सत्र देखि अंग्रेजी माध्यममा पठनपाठन हुने व्यवस्था गरेर बोर्डिगं स्कुल सरहको गुणस्तरीय शिक्षा प्रदान गर्नेछु । 
४, वीरगन्ज महानगरका हरेक गृहणीलाइ घरमै रोजगारी दिनेछु । 
५, नारायणी उपक्षेत्रीय अस्पतालमा १२ सय शैया सन्चालन गर्दै क्षेत्रीय अस्पताल र शिक्षण अस्पतालको रुपमा स्तरोन्नत्ती गर्नेछु । 
६ ,वीरगन्ज महानगरपालिका कार्यालयमा भोजपुरी भाषालाइ सरकारी कामकाजको भाषाका रुपमा लागु गर्नेछु । 
७, वीरगन्ज महानगरमा बेरोजगारीको समस्या निर्मुल पार्नेछु । 
८, वीरगन्ज महानगरमा रहेका सार्वजनिक जग्गा, भौतिक संरचनाहरु जुन विभिन्न व्याक्ति र संघसंस्थाको कब्जामा छन्, ती सबै जग्गा र सम्पति जनताको नासो रहेकाले जनतको नासो जनताकै हातमा फिर्ता गर्न लगाउनु छु । 
९, वीरगन्जमा वीरगन्ज विश्वविद्यालय स्थापना गर्नेछु । 
१०, वीरगन्ज महानगरलाइ लोडसेडिङ मुक्त बनाउनेछु
११, मेयरको रुपमा वीरगन्ज महानगरपालिका कार्यालयबाट गाडी, तलब भत्ता जस्ता कुनै पनि सुविधा लिनेछैन । बाकी मेरा मुद्दा र एजेण्डाहरु मेरो चुनावी घोषाापत्रमा छन्, ती सबै मेरा प्रतिवद्धता मेरा लागि प्राथमिकतामा रहनेछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.