राजविराजमा १५ मतान्तरले राजपा विजयी

राजविराजमा १५ मतान्तरले राजपा विजयी

राजविराज : राजविराज नगरपालिकामा राजपा नेपालका शम्भु यादव प्रमुखमा र साधना झा उपप्रमुखमा निर्वाचित भएका छन् ।बुधबार राति घोषित परिणाम अनुसार यादवले १५ मतअन्तरले संघीय समाजवादी फोरमका भिमराज यादवलाई पराजित गरे । यादवले ४७७४ मत ल्याई प्रमुखमा विजयी भएको मुख्य निर्वाचन निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी फोरमका यादवले ४७५९ मत ल्याए ।

उपप्रमुखमा राजपाकी साधना झाले ५१९५ मत ल्याएर निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वि फोरमकी किरणकुमारी साहले ४२६९ मत ल्याइन् ।

सप्तरीको १८ स्थानीय तह रहेको सप्तरीमा सप्तरीमा काँग्रेस, राजपा र फोरमले पाँच/पाँच स्थानीय तह, एमालेले दुई र नयाँ शक्तिले एक तहमा जित हासिल गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.