यात्री र संग्रौलाविरुद्ध काउन्सिलमा उजुरी

यात्री र संग्रौलाविरुद्ध काउन्सिलमा उजुरी

काठमाडौं: नेपाल बौद्ध महासंघले ‘एपी वान टेलिभिजनको ‘तमसोमा ज्योतिर्गमय' स्तम्भका कार्यक्रम प्रस्तोता टीकाराम ‘यात्री' र पूर्वमहान्यायाधिवक्ता प्राध्यापक डा.युवराज संग्रौलाविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएको छ। बौद्ध धर्मसँग सम्बन्धित काठमाडौं उपत्यकामा रहेका गुम्बालाई लक्ष्य गरी कपोलकल्पित समाचार प्रसारण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन भएको भन्दै संघले यात्री र संग्रौलामाथि कारबाही माग गरेको हो।

गत साता प्रस्तुत कार्यक्रमको संवादमा पत्रकार आचारसंहिताविपरीत धार्मिक भेदभाव र घृणा उत्पन्न हुने गरी प्रस्तुति भएको दाबी संघको छ। उक्त कार्यक्रमका कारण सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुगेको दाबीसहित संघका अध्यक्ष आचार्य कर्मा रिन्छेन शेर्पाद्वारा असोज ८ मा काउन्सिलमा उजुरी दर्ता भएको हो।

‘विश्व इतिहासमा बौद्ध गुम्बाहरूले जगतको हित गर्ने शिक्षाबाहेक कुनै पनि मुलुकको हित कार्यविपरीत कार्य गरेको कहीँ–कतै देखिएको थिएन र अवगत पनि छैन। त्यस्तै, नेपालका गुम्बा पनि देशको शान्ति सुरक्षामा असर पर्ने नभएर बौद्ध दर्शन र विश्वशान्तिका लागि निर्मित पवित्र मन्दिर हुन्,' संघले कारबाहीको मागसहित उजुरीमा भनेको छ। एपी वानको उक्त कार्यक्रम नियोजित रहेको र संग्रौलाले समर्थन गरेको भनाइ पनि उजुरीमा छ। तर, संग्रौलाले भने धार्मिक सद्भाव बिथोल्ने कुनै उद्देश्य नभई पवित्र भावनाले कुरा राखिएको बताए।

‘सरकारले योजना बनाउँदा सेक्युरिटी एजेन्सीको नजिक गुम्बा मठमन्दिर र गुम्बा मठमन्दिरको नजिकमा सेक्युरिटी एजेन्सी राख्ने काम गर्नु भएन। कुनै बेला दुवैलाई अप्ठ्यारो पर्न सक्छ भन्ने भनाइ मात्र हो,' संग्रौलाले भने, ‘पवित्र उद्देश्यले सरकार र सुरक्षा निकायको ध्यानाकर्षणका लागि भनिएको कुरा हो।'
संग्रौलाले कसैले कसैलाई उचाल्नुको तात्पर्य नरहेको बताए। ‘योजनामा ध्यान दिनुपर्‍यो मात्र भनिएको हो,' संग्रौलाले स्पष्ट पारे। कार्यक्रम प्रस्तोता यात्रीले पनि उजुरीको आरोप एकपक्षीय र अवास्तविक रहेको बताउँदै धार्मिक सद्भावमा खलल पुर्‍याउने कुनै उद्देश्य नभई समग्र हितलाई ध्यानमा राखेर अन्तरसंवाद भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.