मुस्लिमसँग प्रेम गरेकी युवतीलाई सामाजिक बहिष्कार गर्ने पक्राउ

मुस्लिमसँग प्रेम गरेकी युवतीलाई सामाजिक बहिष्कार गर्ने पक्राउ

सिरहा: मुस्लिम युवकसँग प्रेम गरेकै कारण सिरहा धनगढीमाई नपा २ की रमिता सदायलाई सामुहिक बहिष्कार गर्ने अगुवा श्यामसुन्दर सदाय पक्राउ परेका छन्। सदायलाई बिहीबार घरबाटै पक्राउ गरी धनगढी प्रहरीले आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय लहानमा बुझाएको छ। सामाजिक बहिष्कार गर्ने मध्येका अगुवा महिला पल्हास सदाय भने पक्राउ परेकी छैनन्। उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सदायमाथि जातीय छुवाछुत कसुर ऐन २०६८ अनुसार कारवाही प्रक्रिया अगाडी बढाउने लहानका डिएसपी नरेशराज सुवेदीले जानकारी दिए। उनका अनुसार सामाजिक बहिष्कार गर्ने मध्येकी एक अगुवा महिला पक्राउ पर्न नसकेको र उनको पनि खोजी भइरहेको छ।

पक्राउ परेका सदाय र पक्राउ पर्न नसकेकी महिलाले रमिताले मुस्लिम युवकसँग प्रेम गरेका कारण सामुहिक बहिष्कार गर्न समाजलाई उक्साएका थिए। जसका कारण धनगढीमाई नपा २ मा रहेका ४० घर सदाय परिवारले रमितालाई एक हप्तादेखि सार्वजनिक ट्यूवेलमा पनि पानी भर्न दिएका छैनन्। घरबाट बाहिर निस्कदा गाली गलौज गर्दै आएका छन्।

रमिता र स्थानीय मुस्लिम युवक मो. नसिरबीच प्रेम सम्बन्ध छ र अहिले रमिता गरेर गर्भवती छिन्। उनलाई सामुहिक बहिष्कार गरेपछि उनी घरबाट बाहिर निस्कन समेत सकेकी छैन्। घर नजिकको सार्वजनिक ट्यूवेलमा पानी भर्न नदिएपछि उनका आफन्तले एक किलोमिटरको दूरीमा पर्ने चौधरी टोलबाट पानी भरेर ल्याउन बाध्य छन्।

यता, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल सिरहाले सामुहिक बहिष्कार गर्ने अगुवा श्याम सुन्दर सदाय र पल्हास सदाय उपर कारबाही गर्न ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दर्ता गराएको छ। उजुरी दर्ता गर्दै डिएसपी सुवेदीले सामुहिक बहिष्कार गर्नेहरुमाथि कडा कारबाही हुने प्रतिवद्धता जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.