शक्तिपीठहरुमा पशुबलि आधा घट्यो

शक्तिपीठहरुमा पशुबलि आधा घट्यो

देवीघाट, नुवाकोट: नुवाकोटका विभिन्न शक्तिपीठहरुमा बिहीबार महाअष्टमी पर्वको अवसरमा विशेष मेला लागेको छ। कतिपय शक्तिपीठहरुमा कालरात्री भइरहेका छन्। सर्वसाधारणमा पशु अधिकारका सम्वन्धमा सचेतना र २८ महिना अगाडिको विनासकारी भुकम्पको पीडाका कारण यसवर्ष वडादशैंको क्रममा नुवाकोटका विभिन्न शक्तिपीठहरुमा पशुबलि ५० प्रतिशतले घटेको छ । नुवाकोटको प्रसिद्ध जालपादेवी, भैरवी, निरञ्जना, पञ्चकन्यालगायतका मन्दिरहरुमा गत वर्षको तुलनामा पशुबलि निकै घटेको हो।

धर्मका नाममा पशुबलि दिनु उचित नहुने आवाज उठिरहेको बेला नुवाकोटका प्रमुख शक्तिपीठलगायतका मुख्य शक्तिपीठहरुमा वडादशैँको महाअष्टमीका अवसरमा दिने पशुबलिको सङ्ख्यामा कमी आएको पुजारीहरु वताउंछन्।

सर्वसाधारणले पशु अधिकारका पक्षमा सचेत हुंदै पशुको बदलामा नरिवललगायतका अन्य वस्तु विकल्पमा चढाउन थालेका कारण पशुबलि घटेको प्रसिद्ध जालपादेवी मन्दिरका पुजारी रणवहादुर चित्रकारले बताए।

उनका अनुसार सर्वसाधारणले पशुबलिको सट्टामा नरिवललगायतका सामग्री चढाउन थालेका र पशु अधिकारको विषय उठिरहेको कारण पशुबलि घटेका हुन्। विभिन्न मन्दिरमा वर्षाैँदेखि संलग्न पुजारीहरुका अनुसार पछिल्ला सात वर्ष यता पशुबलिको सङ्ख्यामा कमी आएको छ।

नुवाकोटको मुख्य भैरवी मन्दिरमा विगत ६६ वर्षदेखि पुजारी धामी भई काम गरिरहेका हरिमानसिह डङ्गोलका अनुसार हाल अधिकांश दर्शनार्थीले पशुबलिको सट्टा नरिवल चढाउने गरेका कारण पशु वलि घटेको हो। पशुबलि रोकिएको त छैन, कमि आएको छ।

आठ/नौ वर्ष अगाडिसम्म पनि वडादसैँको अवधिमा ५० वटाभन्दा बढी बोकाको बलि हुने गरेको थियो, अहिले चार/पाँच वर्षदेखि १०/१५ वटामा सिमित भएको डङ्गोलले बताए। मानिसमा पशुबलि दिएर धर्म हुन्न भन्ने चेतना जागेर हो वा महँगीले हो, यसै भनेर ठोकुवा गर्न नसकिने धामी डङ्गोलले अगाडि भने– मानिसले पशुबलिमा कम विश्वास गर्न थालेका छन्।

२००८ सालदेखि धामी भएर काम गरिरहेका ७७ वर्षिय डङ्गोल पहिले÷पहिले बलि दिनेको ताँती लाग्ने गरेको अनुभव सुनाउँछन्। बलि दिनेको संख्यामा कमी आएपनि शक्तिपीठहरुमा पुजापाठ गर्नेहरुको संख्यामा वढोत्तरी आएको पुजारीहरुहरुको अनुभव रहेको छ।

फुलपाती, महाअष्टमी, महानवमी, दशमीलगायतका दिनमा नुवाकोटका विभिन्न शक्तिपीठहरुमा पशुवलि घटेको छ। पहिले पशुबलि दिनेहरु घण्टौंसम्म लाइनमा बस्नुपर्दथ्यो, पालो पाइनसक्नु हुन्थ्यो। पुराना दिन सम्झँदै विहीवार जालपादेवी मन्दिरमा पुजापाठ गर्दै इनारपाटीका देवेन्द्र श्रेष्ठले भने–अहिले फ्याट्टफुट्ट मात्र बलि दिनेहरु आउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.