'अब वीरगन्जमा भ्रष्टाचार हुँदैन'

'अब वीरगन्जमा भ्रष्टाचार हुँदैन'

वीरगन्ज : स्थानीय तहको निर्वाचनबाट वीरगन्ज महानगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिनुका साथै पदभार समेत ग्रहण गरेका छन्। वीरगन्जको नगरसभागृहमा बिहीबार वीरगन्ज महानगरपालिका कार्यालयले आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित मेयर विजय सरावगी, उपमेयर शान्ति कार्की, ३२ वटै वडाका अध्यक्ष र वडा सदस्यसहित १६२ जना नवनिर्वाचित जनप्रतिनिधीहरुले शपथ लिएका हुन् ।

नवनिर्वाचित जन प्रतिनिधीहरुलाई मुख्य निर्वाचिन अधिकृत विष्णु सुबेदीले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण गरे लगत्तै वीरगन्ज महानगरपालिकाको कार्यालय पुगेर नवर्निाचित मेयर सरावगी र उपमेयर कार्कीले आ–आफनो कार्यकक्षमा पदभार ग्रहण गरेका गरे ।



पदभार ग्रहण गर्दै नवनिर्वाचित मेयर सरावगीले शिक्षामा छोरा र छोरी बीच हुँदै आएको विभेद अन्त्य गर्न वीरगन्ज महानगरमा रहेका सबै सामुदायिक विद्यालयमा अंगे्रजी माध्यमबाट पठनपाठनको व्यवस्था मिलाइ सामुदायिक विद्यालयलाई बोर्डिङ स्कूल सरहको बनाउने घोषणा गरे ।

सरावगीले वीरगन्ज महानगरलाइ बालमैत्रीपूर्ण शहर बननाउने र बाल विधुवाहरुको पुर्नस्थापना गर्दै महानगरपालिका कार्यालयले उनीहरुका लागि शिक्षा र भत्ता रकमको व्यवस्था गर्ने पनि घोषणा गरे । मधेसी शहीदका परिवारको व्यवस्थापन महानगरपालिका कार्यालयले नै गर्ने नवनिर्वाचित मेयर सरावगीले बताए ।

पदभार ग्रहण गर्नुअघि नगरसभागृहमा आयोजित शपथ ग्रहण समारोहमा बोल्दै नवनिर्वाचित मेयर सरावगीले यसभन्दा पहिले कुनै एउटा दल विशेषको प्रतिनिधि भएपनि मेयरमा निर्वाचित भएपछि भने अब आफू महानगरका चार लाख जनताको साझा प्रतिनिधि रहेको बताए ।

सबैको समान विकास र सबैको समान प्रगती आफनो मूल नारा रहेको भन्दै उनले महानगरमा निर्वाचित १६२ जना प्रतिनिधिहरुको महानगरपालिका दल नामक नयाँ टिम बनाएर काम गर्ने बताए।

सबैको काँधमा काँध मिलाएर वीरगन्जको विकास र प्रगतीका लागि अगाडि बढ्ने भन्दै उनले भने, ‘ चुनाव जित्नका लागि मैले जति मेहनत गरे अब जिती सकेपछि भने त्यो भन्दा दोब्बर मेहनत मैले वीरगन्जको विकासका लागि गर्नु पर्छ । ’राजनीतिमा जालझेल बढि हुने भएपनि आफू राजनीतिमा आएको भन्दै उनले वीरगन्जवासीका सामु खरो रुपमा उत्रने प्रतिवद्धता पनि जनाए ।

आफूले कुनै दल विशेषको नेता जस्तो नभई समाजसेवकका रुपमा वीरगन्ज महानगरवासीका लागि काम गर्ने भन्दै उनले वीरगन्जमा ५० वर्ष सम्ममा हुन नसकेको विकासका काम पाच वर्ष भित्रमै गरेर देखाइ दिने दावी गरे । वीरगन्ज महानगरपालिका कार्यालयमा अब भ्रष्टचार नहुने भन्दै उनले यसमा सम्पूर्ण कर्मचारीको साथ पाउनेमा आफू विश्वस्त रहेको बताए ।

शपथ ग्रहण समारोहमा वीरगन्ज महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पिताम्बर अधिकारी सहति विभिन्न राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख, उद्योगी व्यापारी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.