संघ र प्रदेशको निर्वाचनका लागि काँग्रेसद्वारा उम्मेदवार सिफारिस

संघ र प्रदेशको निर्वाचनका लागि काँग्रेसद्वारा उम्मेदवार सिफारिस

अर्घाखाँची: आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । 

काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाएको छ। 

 

निर्वाचन क्षेत्र नं १ को बैठकले संघ अर्थात् प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ छ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ रेवतीप्रसाद भुसाल, डा रामबहादुर बिसी र मुक्ति श्रेष्ठको नाम सिफारिस भएको क्षेत्रीय सभापति केशवराज कुँवरले बताए। 

समानुपातिकतर्फ मानबहादुर विक, पुष्पा भुसाल, छविलाल पौडेल, भोजबहादुर बस्नेत, ताराप्रसाद श्रेष्ठ र पीताम्बर खनालको नाम सिफारिस भएको छ। 

प्रदेश सभाका लागि प्रत्यक्षतर्फ चार र समानुपातिकका लागि २५ जनाको नाम सिफारिस भएको छ । प्रत्यक्षतर्फ केशवराज कुँवर, विष्णुप्रसाद खनाल, चन्द्रमान श्रेष्ठ र बाबुराम पौडेल रहनुभएको छ । समानुपातिकतर्फ कृष्णबहादुर ज्ञवाली, मोहमद सफर मिया, हरिहर आचार्य, केशव श्रेष्ठ, देवराज श्रेष्ठ, लोकेन्द्र विक, अनिता ज्ञवाली, निर्मला क्षेत्री, किमकला भुसाल, रामबहादुर रानाको नाम सिफारिस भएको छ। 
त्यसैगरी बैकुण्ठ थापा मगर, मणिराम परियार, मीरा पाण्डे, ताराप्रसाद फुल्लेल, हुमकला भुसाल, विनोद आचार्य, कमलप्रसाद आचार्य, मानबहादुर सुनार, ज्ञानबहादुर पाण्डे, ढकलाल पौडेल, मुमलाल फुल्लेल, पूर्णकुमारी बञ्जाडे, रामबहादुर खत्री, हरिनारायण बस्नेत र राधा आचार्यको नाम सिफारिस भएको क्षेत्रीय सचिव ताराप्रसादले जानकारी दिए। 

निर्वाचन क्षेत्र नं २ को बैठकले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ पाँच र समानुपातिकतर्फ दुई जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ खनाल, डा बिसी, रेवतीप्रसाद, बालकृष्ण पाण्डे, र मुक्तिको नाम सिफारिस भएको क्षेत्रीय सभापति अच्युत गौतमले बताए। 

प्रदेश सभाका लागि प्रत्यक्षतर्फ सात र समानुपातिकका लागि १६ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ हिम्मत टण्डन, यादवप्रसाद घिमिरे, कृष्णप्रसाद शर्मा, डा जयबहादुर टण्डन, धर्मराज भुसाल, दिनेशमणि घिमिरे र अहमद हुसेनको नाम उम्मेदवारीका लागि केन्द्रमा सिफारिस गरिएको छ । 

प्रदेश सभाको समानुपातिकमा श्यामनाथ काश्यप, छविलाल पौडेल, प्रेमनारायण बेल्वासे, हेमन्त बेल्वासे, कुमारकेशव सिंह, निमबहादुर विक, गणेशबहादुर सिंह, खिमकुमार श्रेष्ठ र कमल विकको नाम सिफारिस भएको छ । त्यस्तै जम्सेर मिया, रजब मिया, सुवि शाह, भोजराज शास्त्री र महिलातर्फ शान्ता भण्डारी, अम्बिका पोख्रेल र चम्पा पोख्रेलको नाम उम्मेदवारीका लागि सिफारिस गरिएको क्षेत्रीय सचिव कृष्णलाल पुरीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.