खलंगावासीको बिजुली सपना दशैंमा पनि पुरा भएन

खलंगावासीको बिजुली सपना दशैंमा पनि पुरा भएन

जाजरकोटज: २० बर्ष अघि सुरु गरिएको जाजरकोट सदरमुकाम खलंगा जाड्ने केन्द्रीय विद्युत प्रशारण लाईन जोड्ने कार्य अझै पुरा हुन सकेको छैन। सुर्खेतको छिन्चुबाट २०५४ सालमा केन्द्रीय विद्युत प्रशारणको लाईन तान्ने कार्य सुरु भएको थियो। एक सय सात किलोमिटर बाटोमा लाईन तान्न बीस बर्ष लागेको हो । दशैंमा केन्द्रीय प्रशारण लाईन जोडिएर विजुली बाल्ने सपना देखेका खलंगाबासी निराश भएका छन्।
क्याप्सन ः जाजरकोट खलंगा थाप्लेमा राखिएको ट्रान्सफर्मर तस्बिर राजेन्द्र कार्की

 

गत फागुनमै जाजरकोटमा केन्द्रीय विद्युत प्रशारण लाईन जोड्ने र सदरमुकाम खलंगामा विजुली बल्ने भनिएपनि अझै केहिले सम्म बल्ने हो निश्चित हुन सकेको छैन । जाजरकोट सदरमुकाम खलंगा जोड्ने भनिएको विद्युत लाईन तत्कालीन उर्जा मन्त्री जनार्दन शर्माले आफ्नो गाँउ चौरजहारीमा विजुली बालेर अलपत्र पारिदिएपछि खलंगावासीको विजुली बाल्ने सपना अधुरै रहेको हो 

रुकुमको चौरजहारीमा गत फागुनमै विजुली बलिसकेको छ । मन्त्री शर्माको निर्देशनमा जाजरकोटको कुदुबाट ११ केभिए लाईन चौरजहारी जोडिएको हो। मन्त्रीको गाँउ नपुग्दा सम्म रातारात काम हुने गरेको थियो । जव चौरजहारीमा विजुली बल्यो त्यसपछि कामको गति सुस्तायो । सम्बन्धित निकायको उदाशिनता, ढिलासुस्ती र लापरबाहीले चौरजहारीमा विजुली बलेको सात महिना विति सक्दा पनि खलंगामा विजुली बल्न नसेकेको हो।

केन्द्रीय विद्युत प्रशारणको ग्रिड सम्म जिल्ला सदरमुकामलाई जोड्ने गरी २० बर्ष अघि देखि काम थालिएपनि अहिले सम्म उक्त कार्यले पुर्णता पाउन सकेको छैन। केही बर्ष अघि सदरमुकाम नजिकैको खोलामा निर्माण गरिएको साङटा रिसाङ लघु जलविद्युत आयोजना नाम मात्रको छ। विजुलीको माग धेरै उत्पादन थोरै भएका कारण धिपधिपे विजुली बाल्न बाध्य भएको भेरीनगरपालिका ४ का सीता दवाडीले बताईन। केन्द्रीय प्रशारणको विजुली बाल्ने धोको यसपालिको दशैमा पनि पुरा भएन । उनले भनिन ‘स्थानीय रुपमा उत्पादित विजुली नाम मात्रको छ।

धिपिक धिपिक मात्र गर्छ। बत्ति बलेको बेला पनि मैन बत्ती बाल्नुपर्ने अवस्था हुन्छ।’ आयोजनाले बढी लोड खपत हुने फ्रिज , लुगा धुने वासिङ्ग मेसिन , प्रेस मेसिन लगायतका समान प्रयोगमा रोक लगाएको छ। जसले गर्दा सेवाग्राही जतिसक्दो केन्द्रिय लाईन जोड्नको लागी आतुर छन् । स्थानिय आतुर भएपनि सम्बन्धित निकायले सुस्त गतिमा काम गरिरहेको छ। विजुलीका पोल राम्रो सँग नगाडिएको, पोलहरु बाङ्गाटिङ्गा भएको, तारहरु जथाभावि तरीकाले तानिएकोमा स्थानिय पवन शर्माले गुनासो गरेका छन्।

तीन साता अघि नै जिल्ला सदरमुकाममा विजुलीको परीक्षण प्रशारण भैसकेको छ । उपभोक्ताको घर सम्म लिने सहायक लाईन पनि तानिएको छैन । प्राधिकरणको जिल्लामा कार्यालय स्थापना पनि गरिएको छैन । अहिले सम्म सुर्खेत वितरण केन्द्रले नै जाजरकोटलाई हेरिरहेको छ । सुर्खेत वितरण केन्द्रका प्रमुख सुरज भण्डारीले जाजरकोटमा विजुलीको लाइन तान्ने कार्य सम्पन्न भई चार ओटा ट्रान्सफर्मर राखेर विद्युत प्रशारणको परिक्षण समेत गरिसकेको बताए ।

जिल्लाको कुदुमा निर्माणाधिन विद्युतको सव–स्टेशन समयमा नबन्दा विद्युत विस्तारमा ढिलाई भएको हो। तत्काल ग्राहकलाई वितरण गर्नको लागी सुर्खेतको राकम सव–स्टेशनमा भएको ७५० केभिए ट्रान्सफर्मरले नभ्याउने भएकोले समस्या भएको हो उनले भने ‘राकम सव–स्टेशनमा साढे एक एमवीए ट्रान्सफर्मर जडान भएपछि मात्र जाजरकोट सदरमुकाममा ग्राहकलाई विद्युत सेवा पुरयाउन सक्छौ । त्यसको लागी काम भैरहेको छ । ट्रान्सफर्मर आईसकेको छ । पावरको समस्या छ त्यो पनि छिटै समाधान गछौ।’

जाजरकोटमा विद्युत प्राधिकरणको वितरण केन्द्र स्थापना हुन नसक्दा थप समस्या परेको हो । दुई साता अघि उर्जा मन्त्री महेन्द्र शाहीले जाजरकोटमा वितरण केन्द्र स्थापना गरि उद्घाटन गर्ने कार्यक्रम राखेका थिए । मन्त्री शाही नआउँदा कार्यालय स्थापना हुन सकेको छैन । ‘हामीलाई सुर्खेतमै भ्याईनभ्याई छ जाजरकोट हेर्ने जिम्मा दिइएको छ कसरी दुई ठाँउको काम गर्न सक्छौ’ कार्यालय प्रमुख भण्डारीले भने ‘हामीलाई पनि खलंगामा छिटो विजुली बाल्न ठुलो दवाव आईरहेको छ। जिल्लामै कार्यालय भयो भने काम गर्न सजिलो हुन्छ।’

विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख विनोदकुमार उपाध्यायले राकम सव– स्टेशनमा अर्को ट्रान्सफर्मर राख्ने कार्य छिटै सक्न र तीन दिन भित्र लाईन जोड्नका लागि उपभोक्ताबाट आवेदन फारम लिन सुर्खेत वितरण केन्द्रलाई निर्देशन दिईसकेको बताए। त्यसको लागी स्थानियले हाल उपभोग गरिरहेको विद्युत उपभोक्ता समितिबाट भुक्तानी दिन बाँकी नभएको कागज ल्याउनु पर्नेछ उनले भने ,‘स्थानीयको सहयोग भयो भने हामी छिटै विजुली बाल्छौ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.