महानवमीका दिन नुवाकोटका शक्तिपीठमा घुइँचो

महानवमीका दिन नुवाकोटका शक्तिपीठमा  घुइँचो

अशोकवाटिका : दसैंको महानवमीका दिन शुक्रबार नुवाकोटका विभिन्न शक्तिपीठमा पूजाआजा गर्नेको घुइँचो लागेको छ । नुवाकोटको प्रसिद्ध र महत्वपूर्ण भैरवी, देवीघाटमा रहेको जालपादेवी, वगुवामा रहेको पञ्चकन्या, सिमुटारमा रहेको इन्द्रायणी, वेलकोटमा रहेको निरञ्जना भगवती, वनदेवीलगायतका मन्दिरमा पुजाआजा र दर्शनका लागि सर्वसाधारणको भीड लाग्यो । यस बाहेक जिल्लाका तारुका, बुधसिङ, दुइपिपल, भैरुमकोट लगायत स्थानमा रहेका कोट घरमा समेत पुजाआजा गरिएको छ ।


शक्तिपीठहरुमा पुजाआजाका लागि आउने सर्वसाधारणको संख्या वढे पनि वलि दिने कार्य गतवर्षको त३लनामा घटेको मन्दिरका पुजारीहरु वताउँंछन् । महानवमीका दिन नुवाकोटका तुलजा मौला, साततले दरवार अगाडिको मौला, लाम्पाटीमा रहेको छुट्टै मौला, कालिका मौलाका साथै भैरवी, जालपादेवी र इन्द्रायणी मन्दिरमा सरकारी तर्फबाट ७ वटा रांगा, ६ वटा बोका एउटा भेडाको थुमाको वलि दिइएको छ ।

 

यस वर्ष नुवाकोटका विभिन्न शक्तिपीठहरुमा पुजापाठ गर्नका लागि गत वर्षको भन्दा ५० प्रतिशत वढि सर्वसाधारणको भीड लागेको नुवाकोटको भैरवी मन्दिरमा भजनकिर्तनमा सहभागी वृद्ध अगुवा यज्ञराज केसीले बताए । सर्वसाधारणको धार्मिक आस्था वढेको पाइएको उनले बताए ।

पछिल्लो समयदेखि पशु वलिको सट्टा नरिवल चढाउने सास्कृति बढेको पाइएको छ ।गत १८०१ साल असोज १५ गते तेश्रो प्रयासमा नेपाल एकिकरणपछि तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमा दसैंं पर्व विशेष रुपमा मनाउन सुरु गरेको पाइन्छ । दसैैमा नुवाकोटको विभिन्न देवी मन्दिरहरुमा सरकारीतर्फवाट पुजापाठ हुने गरेको छ ।

घटस्थापनाको दिनदेखि महानवमीसम्म नुवाकोटका विभिन्न शक्तिपीठहरुमा बोका, कुखुरा, हाँसको बलि दिने गरिएको छ । महाष्टमी र महानवमीका दिन भैरवी तथा बेलकोटको निरञ्जना भगवती मन्दिरमा, फूलापती, कालरात्री र महानवमीका दिन भव्य मेला लाग्दछ ।

मेला भर्न छिमेकी रसुवाका साथै काठमाडौं, सिन्धुपाल्चोक, धादिङलगायतका जिल्लाबाट समेत भक्तजनहरु आउने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.