एकल साँझमा देखिए सञ्जीव
इटहरी: दशकअघिका चर्चित पप गायक सञ्जीव सिंह अष्टमीको दिन इटहरीमा एकल साँझमा देखिएका छन्। इटहरीमा बालबालिकालाई फुटबल प्रशिक्षण सहयोगार्थ एचके युवा क्लब र एस डी फुटसल इटहरीले गरेको कार्यक्रममा उनले दर्जन बढी गीतहरु गाएका थिए।
उनको कार्यक्रममा युवादेखि प्रौढहरुसम्मको बाक्लो उपस्थिती थियो। उनले कार्यक्रममा चुलेसीमा ..., आकाशबाट आउँछिन् होली ...., मुग्लान हेर जाँदैछु ... लगायतका गीत गाएका थिए।
कार्यक्रममा उनको प्रस्तुतीसँगै अन्य कलाकारहरुले समेत गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा बिहानी डान्स सेन्टरका कलाकारहरुलेसमेत प्रस्तुती दिएका थिए।
कार्यक्रमबाट संकलित रकम बालबालिकालाई फुटबल प्रशिक्षणका लागि खर्च गरिने पूर्व राष्ट्रिय खेलाडी तथा कार्यक्रम संयोजक सुरेन्द्र तामाङले जानकारी दिए।