दशैंकाे अवसरमा ४५६ कैदीले पाए सजाय माफी

दशैंकाे अवसरमा ४५६ कैदीले पाए सजाय माफी

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैं २०७४ को उपलक्ष्यमा ४५६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएका छन्। 

मन्त्रिपरिषद्को सिफारिसका आधारमा उनले कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी हुन्। 

राष्ट्रपति भण्डारीले कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) र (२ क), कारागार व्यवस्थापन कार्यविधि, २०७३ एवं सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका उनीहरूको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.