एक्कै ठाउँमा ४५० बोका र २५ राँगाको बलि
सप्तरी : सप्तरीको कोइलाडी गाउँमा रहेको एक भगवती मन्दिरमा शुक्रबार महानवमीको दिन ४५० बोका र २५ राँगाको बलि दिइएको छ । यस ठाउँमा प्रत्येक वर्ष दसैंको नवमीका दिन विषेश पजाआजासहित ठूलो संख्यामा राँगा र बोकाको बलि दिने गरिन्छ ।
स्थानीय मुकेशप्रसाद सिहंले बताए अनुसार यस ठाउँमा नवमीका दिनमा यसरी बलि दिने प्रचलन करीब २०० वर्षअघि देखि चल्दै आएको हो । सप्तरीका अलवा अन्य जिल्लाबाट समेत यस ठाउँमा बलि दिन आउँने गर्दछन ।