राष्ट्रपतिबाट उपराष्ट्रपति, प्रधानमन्त्री र सर्वसाधारणलाई टीका

राष्ट्रपतिबाट उपराष्ट्रपति, प्रधानमन्त्री र सर्वसाधारणलाई टीका

काठमाडौँः बडादशैँ-२०७४ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई शनिवार टीका लगाइदिएकी छिन्। राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, मन्त्रीहरू, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि टीका लगाइदिइन्।

राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई पनि टीका लगाइदिइन्। राष्ट्रपतिले दिउँसो २ः०० बजेपछि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रमअनुरूप सर्वसाधारणलाई टीका लगाएकी हुन् । उनले साँझसम्म नै टीका लगाएकी थिइन्।

यसअघि बिहान ११ः५५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्यालबाट टीका तथा जमरा ग्रहण गरेकी थिइन्। राष्ट्रपतिले परिवार र आफन्तजनलाई पनि सोही साइतमा टीका लगाइदिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.