बसको ठक्करबाट युवतीको मृत्यु

बसको ठक्करबाट युवतीको मृत्यु

हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा आज साँझ बस र मोटरसाइकल एकआपसमा ठोक्ँिकदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । 

हेटौँडाबाट चितवन जाँदै गरेको ना ३ ख ७३८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ३७ प ४०६७ नम्बरको मोटरसाइकललाई मकवानपुरको रमनटारमा आज साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार मकवानपुर मनरी गाउँपालिका–७ रमनटारकी १८ वर्षीय जुनु स्याङ्तानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनरीले जनाएको छ । 


दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका मनिष लामा गम्भीर घाइते भएका छन् । उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.