कुमारी जात्रा सम्पन्न
भक्तपुर: विजयादशमीको दिन भक्तपुरमा मनाइने एकान्त कुमारीको जात्रा सम्पन्न भएको छ।
आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने जीवित देवीका रुपमा पुजिने एकान्त कुमारीको विजयादशमीको दिन ब्रह्मायणी पीठमा पूजा गराई कुमारी घर पु¥याएपछि जात्रा सम्पन्न भएको हो।
तलेजुको आगमघरमा कुमारीलाई लगेर अथर्ववेद, यजुर्वेद, ऋग्वेद र सामवेदको पाठसहित कुमारीको पूजा गरिन्छ भने पूजाअघि तिबुक्छेमा रहेको कुमारी घर र चतुब्रह्मा महाविहारमा गणेश, भैरवलगायत १२ कुमारीसँगै पूजा गरिने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए।