'महरा सरले रोल्पाबाट तपाई उठ्नुस् भन्नु भएको छ

'महरा सरले रोल्पाबाट तपाई उठ्नुस् भन्नु भएको छ

रोल्पा: पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन ‘अनन्त’ प्रतिनिधि सभाको लागि गृह जिल्ला रोल्पाबाट उम्मेदवार बन्ने भएका छन्। २०५२ सालमा होलेरी चौकी आक्रमणमा संलग्न हुँदै माओवादी विद्रोेहमा होमिएका पुन गृह जिल्लाबाट उम्मेदवार बनेका छैनन्। ‘आफूले राजनीति सुरुबाट गरेको जन्मथलोबाट उम्मेदवार बन्ने आकांक्षा हुनु स्वभाविक हो।

यो पटक आफ्नै जिल्लाबाट उम्मेदवार बन्ने सोचमा छु’, नेता पुनले आइतबार रोल्पा सदरमुकाम लिबाङमा पे्रस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘रोल्पामा नेता कृष्णबहादुर महराको पहिलो दावी हो र मेरो दोस्रो। महरा सरको स्तरबाट यस पटक गृह जिल्लाबाट मलाई ‘तपाई उठ्नुस’ भन्ने छलफल भईसकेको छ। त्यसैले मेरोे दावी रहेको छ।’

नेता पुनको विकल्पमा माओवादी केन्द्रमा अरु आकांक्षी देखिएका छैनन्। जिल्ला पार्टीले आइतबार बैठक बसेर संघ र प्रदेशको प्रत्यक्ष उम्मेदवार र समानुपातिक सूचीका लागि नाम सिफारिस गर्ने तयारी गरेको छ । संघका लागि जिल्ला पार्टीको बैठकबाट नेता पुन उम्मेदारी सिफारिस गर्न मात्र बाँकी रहेको छ।

५ नम्बर प्रदेश व्यवस्थापिका संसदका लागि नेता जोखबहादुर महरा, कुलप्रसाद केसी ‘सोनाम’र दिपेन्द्र पुन ‘सिजल’ को नाम चर्चामा रहेको छ। पार्टी स्रोतका अनुसार क्षेत्र नं. २ बाट नेता सिजलको उम्मेदवारी निश्चित जस्तै भएको छ। क्षेत्र नम्बर १ मा नेता महरा र सोनामको चर्चा छ।

व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीको भने यसपटक समानुपातिक प्रतिनिधित्वको चर्चा छ। नेतृ जयपुरी घर्ती, पार्टीका सल्लाहकार चन्द्रबहादुर बुढा, जिल्ला अध्यक्ष सुरेन्द्र घर्ती ‘धु्व’ लगायतको नाम भने संघ र प्रदेशको समानुपातिक सूचिमा सिफारिस गर्ने बताईएको छ। समानुपातिकमा आकांक्षी धेरै देखिएकाले नेतालाई व्यवस्थापनमा चूनौति थपिएको छ।

संघको उम्मेदवार निश्चित जस्तै भएपछि नेता पुनले दशैंमा पनि जनस्तरमै भेटघाट तीव्र बनाए। टीकाका दिन उनी थबाङसमेत पुगे। केही साता अघि थबाङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्तीलाई नेकपाका कार्यकर्ताले अपहरण गरेका थिए। माओवादी केन्द्रका अध्यक्षसहित हेलिकोप्टरमा गाउँसभाको उद्घाटनमा पुगेका नेता पुन दशैंको मौका छोपेर शहिदमार्ग हुँदै गाडीमा पुनः थबाङ पुगे।

‘गाउँपालिकाका अध्यक्षको अपहरण अराजनैतिक र अनैतिक काम थियो । मैले जनतासँग मात्र होईन, थबाङमा रहेका नेकपाका नेता कार्यकर्तालाई भेटेर पनि भने’, नेता पुनले थपे, ‘विप्लवको पार्टीले कि त घोषित रुपमा युद्धमा छौं भन्नु पर्यो‍। कि त खुला प्रतिस्पर्धामा आउन जरुरी छ।’

पत्रकार सम्मेलनमा नेता पुनले संघ र प्रदेशमा माओवादी केन्द्र घोषित रुपमा कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताए । ‘सेटमै कसैसँग पनि तालमेल हुँदैन। ठाउँ विशेष अनुसार आवश्यकताले जोसँग पनि गठवन्धन हुनसक्छ’, नेता पुनले थपे, ‘पहिलो त माओवादी केन्द्र स्वतन्त्र रुपमा खुला प्रतिस्पर्धा गर्छ। दोस्रो वाम तालमेलमा जोड दिन्छ र तेस्रो जिल्लाको आवश्यकता हेरेर जोसँग पनि गठवन्धन हुनसक्छ।’

दशैंमा अध्यक्ष प्रचण्डले टीका लगाएको प्रसंगमा धर्मका रुपमा नभई सँस्कृतिको सम्मान गरेको हुन सक्ने जीकिर गरे।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.