चलचित्र ‘रेस'को टोली प्रचारको रेसमा

चलचित्र ‘रेस'को टोली प्रचारको रेसमा

दमक : दशैको मौका छोपेर नेपाली चलचित्र रेसको टोली प्रचारका लागि बिहीबार झापा आइपुगेको छ। राजधानीपछि चलचित्रको प्रचारका लागि टोली यतिबेला पुर्वका बिभिन्न शहर बिराटनगर, इटहरी हुँदै दमक आईपुगेको हो। मंसिर १ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारका लागि दमक बिर्तामोड हुँदै इलाम पुग्ने निर्देशक किशोर सुब्बाले बताए। चलचित्र रेसमा नायिका निता ढुङ्गाना ,भर्खरै फिल्ममा डेब्यु गरेका जियान रेग्मी, पुष्पा लिम्बू ,सुलेमान शंकर इकु किरण केसि राता मकै लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

 

बिशाल थेवे ,हेमन्त गौतम, चन्द्र लिम्बू,सञ्जिव कुमार लिङदेन् ,राज सेम्बू ,पासाङ ह्याल्मो लगायतको संयुतm लगानीमा चलचित्र बनेको हो। माता पाथीभरा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ७० लाखको लागतमा बनेको निर्मात बिशाल थेबेले बताए ।

यसअघि खुर्पा, किन माया लाएछु ,जस्ता चलचित्र निर्माण गरेका थेवेका अनुसार चलचित्र रेसमा जिन्दगीका दौरानमा लाउनु पर्ने संघर्षको रेसहरु लाई देखाउन खोजिएको छ । कमेडी, एक्सनका साथै पुष्पा लिम्बु, निता ढुंगाना र जियान रेग्मी बिचको त्रिकोणात्मक प्रेम कथासमेत भएकोले अन्य चलचित्र भन्दा चलचित्र रेस फरक रहेको निर्देशक सुब्बाले बताए।

निर्देशक किशोर सुब्बाको कथा तथा मौनता श्रेष्ठको पटकथा रहेको चलचित्रको छायांकन कुमार बखतीले गरेका हुन्। चलचित्रको छायांकन पूर्वका ईलाम, झापा, मोरङ्ग, सुनसरीसहित दुबईमा समेत गरिएको निर्माता थेवेले बताए । गोबिन्द राईको नृत्य रहेको चलचित्रका गीतहरु पनि उत्तिकै राम्रो रहेको निर्देशक सुब्बाले बताए । चलचित्रमा उदित्तनारायण झा ,अञ्जु पन्त लगायतका कलाकारको गायन रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.