देवनारायणको रिहार्इका लागि सरकार सक्रिय

देवनारायणको रिहार्इका लागि सरकार सक्रिय

सप्तरी: भारतीय प्रहरीले पक्राउ गरी अपहरण मुद्दा चलाएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनको छोरा अजयको रिहार्इका लागि सरकारले पहल सुरु गरेको छ। गृहमन्त्री जनार्दन शर्माले सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेलाई टेलिफोन गरी उनीहरुको रिहार्इका लागि भारतीय पक्षसंग तत्काल पहल गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

गृहमन्त्री शर्माले स्थानीय प्रशासनको पहलबाट सम्भव नभए सरकारले कुटनीतिक तवरबाट समाधान निकाल्ने बताएका छन्। उनले यथाशक्य चाँडो देवनारायणका बाबुछोराको रिहाइका लागि पहल गर्न प्रजिअ पाण्डेलार्इ निर्देशनसमेत दिएका छन्।

'भूमीरक्षक' का रुपमा चिनिएका देवनारायणका बाबुछोरालार्इ शनिबार भारतीय प्रहरीले पक्राउ गरेको थियो। उनीहरु दुबै जनाविरुद्द अपहरणको मुद्दा चलाएको बताइएको छ।

नेपालको सीमा नाका सुनौलीबाट देवनारायणका छोरा पक्राउ परेपछि छुटाउन भनि गएका देवनारायणलार्इ पनि प्रहरीले पक्राउ गरी सुपौल जिल्लाको बीरपुर थानामा राखेको छ।

तिलाठीबासीले घटनाको विरोध गर्दै देवनारायणका बाबुछोराको रिहार्इको पहल गर्न सरकारस‌ंग माग गरेका छन्। गतबर्ष तिलाठीमा भारतीय पक्षले स्थानीय खाँडो खोलामा बाँध बाध्न आएका बेला नेपालीहरुले प्रतिकार गरेका थिए।

यादवकै नेतृत्वमा तिलाठीबासीले भारतीयको प्रतिकार गर्दै उनीहरुलार्इ लखेटेका थिए। उक्त घटनापछि देवनारायण निकै चर्चामा आएका थिए। उनलार्इ भूमी रक्षक भन्दै प्रशंसा पनि गरिएको थियो। तिलाठीबासीले उक्त घटनाको प्रतिकार गरेकै कारण देवनारायण र उनका छोरालार्इ भारतीय प्रहरीले पक्राउ गरी झुटा मुद्दा चलाएको दावी गरेका छन्।

उता भारतीय प्रहरीले भने देवनारायणका छोरा अजयले भारतीय युवतीसँग भागी विहे गरेको र केटी पक्षले अजय विरुद्द अपहरण गरेको उजुरी गरेका कारण अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ। अजयले हालै भारतीय युवतिसंग भागी विहे गरेका थिए।
देवनारायण पक्राउ परेको घटना यति बेला चर्चामा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.