एमाले र माओवादी एकताको तयारीमा चीन खुसी, भारत बेखुसी

एमाले र माओवादी एकताको तयारीमा चीन खुसी, भारत बेखुसी

काठमाडौ : नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीचको पार्टी एकता गर्ने तयारीलाई दक्षिणी छिमेकी भारतले असन्तुष्टी जनाएको छ भने उत्तरी छिमेकी चीनले खुसी व्यक्त गरेको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीच पार्टी एकता गर्न दुवै पार्टीका नेताहरु सम्मिलित सात सदस्यीय संयोजन समिति बनेपछि भारतीय अधिकारीहरुले आफूलाई गल्ती गरेको बताएको जानकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको बैठकमा गराएका छन् । ‘तपाईको स्वतन्त्र व्यक्तित्व बनिरहेको थियो,एमालेसँग पार्टी एकता गर्ने तयारी हामीलाई राम्रो लागेको छैन’ प्रचण्डले बैठकमा राखेको धारणा उघृत गर्दै एक बरिष्ठ नेताले अन्नपूर्णअनलाइनसँग भने ‘चिनियाहरु भने हाम्रो यो तयारीमा खुसी देखिन्छन ।’

 चिनिया कम्युनिष्ट पार्टीका नेताहरुले एमाले र माओवादी केन्द्रका नेताहरुलाई पार्टी एकता गरेर अगाडि बढन सुझाव दिदै आएका थिए । एमाले र माओवादी केन्द्र वीचको एकता बाबुराम भटटराईलाई पनि सहभागी गराउने बारेमा छलफल भइरहेको पनि प्रचण्डले बैठकमा जानकारी गराएका छन् ।


संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली,बरिष्ठ नेताद्धय माधवकुमार नेपाल,झलनाथ खनाल र बरिष्ठ उपाध्यक्ष बामदेव गौतम छन भने माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेका छन् ।
दशै विदामा एमाले र माओवादीका नेताहरु वीच भएको छलफलका आधारमा सात बुँदे समझदारी तयार गरिएको छ । सो समझदारीपत्रलाई अध्यक्ष प्रचण्डले पार्टी नेताहरुलाई सोमबार जानकारी गराएका हुन । एमालेसँग पार्टी एकता गर्ने प्रचण्डको प्रस्तावलाई माओवादी केन्द्रका अधिकाँश नेताहरुले महान,ऐतिहासिकको संज्ञा दिदै राष्टिय स्वाधिनता र समाजवादी क्रान्तिको ढोका खोल्ने प्रस्ताव रहेको धारणा व्यक्त गरेका छन् भने मात्रिका यादव,गोपाल किराँती र मणि थापाले फरक मत राखेका छन् । उनीहरुले एमालेसँग पार्टी एकता गर्ने प्रस्ताव गलत भएको धारणा व्यक्त गरेका थिए ।
आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेका ६० प्रतिशत र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार उठाउने प्रस्ताव दुवै पार्टीका नेताहरुले तयार पारेको प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार चयन गर्न बोलाइएको बैठकमा प्रचण्डले एमालेसँग पार्टी एकताको प्रस्ताव राखेका थिए । सो प्रस्तावमा अधिकाँश नेताहरुले आफनो धारणा राखेका थिए ।
एमालेसँग पार्टी एकताको प्रस्तावपछि माओवादीका नेता तथा कार्यकर्ताहरुका वीचमा नेतृत्वसँगै एमालेमा प्रवेश गर्ने वा बिद्रोह गर्ने भन्नेमा बहस शुरु भएको छ । माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको बहस सामाजिक सञ्जालमा पनि छताछुल्ल पोखिन थालेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.