राजपा नेता त्रिपाठी सूर्य चिह्नमा चुनाव लड्ने
काठमाडौं : राष्ट्रिय जनता पार्टी गठन भएदेखि असन्तुष्ट रहँदै आएका हृदयेश त्रिपाठीलगायत पाँचजना मधेसी नेताले आगामी निर्वाचन सूर्य चिह्न लिएर लड्ने भएका छन् । एमाले महासचिव ईश्वर पोखरेल र त्रिपाठीलगायत नेताले सोमबार जारी गरेको संयुक्त वक्तव्यमा सूर्य चिह्नमा चुनाव लड्ने समझदारी भएको उल्लेख छ ।
त्रिपाठीसहित बृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लले संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन् । उनीहरूले स्वतन्त्र राजनीतिक समूहका नाममा सूर्य चिह्न लिएर आगामी चुनाव लड्ने भएका हुन् ।