बलात्कारी बाबाको नाममा चलचित्र

बलात्कारी बाबाको नाममा चलचित्र

एजेन्सी : आध्यात्मिक संस्था ‘डेरा सच्चा सौदा’ का प्रमुख गुरमित रामरहिम बलात्कारको आरोपमा बीसवर्षे सजाय भोगिरहेका छन्। उनकी छोरी भनिएकी हनिप्रीत अहिले नेपालमा लुकेको प्रहरीले आशंका गरेको छ। यी दुईको जीवनमा अब चलचित्र बन्ने भएको छ। चलचित्र ‘सिनेमा स्क्यान्डल, अब होगा इन्साफ’मार्फत रामरहिम र हनिप्रीतको जीवनका रहस्यहरूलाई पर्दामा उतार्न लागिएको हो।

 

चलचित्रका निर्माता सञ्जय नेगीले राम रहिमको भूमिका निभाउने भएका छन्। त्यसैगरी हनिप्रीतको भूमिकामा बलिउड अभिनेत्री राखी सावन्त देखिनेछिन्। रामरहिम र हनिप्रीतमाथि एउटा गीत पनि बन्नेछ। अभिनेता एजाज खान प्रहरीको भूमिका निभाउँदैछन्। हास्यविधामा आधारित यस चलचित्रमा रामरहिम र हनिप्रीतको सम्बन्धमात्र नभई डेराभित्रका थुप्रै विषयहरूको रहस्य खुल्ने अपेक्षा गरिएको छ।

निर्माण पक्षले दिएको जानकारी अनुसार भारतीय टेलिभिजन च्यानल ‘आजतक’सँग भएको डेराभित्रका रहस्यमय कथाहरूका आधारमा चलचित्र बन्दैछ। हनिप्रीतको भूमिकाबाट राखी निकै उत्साहित छिन्। हनिप्रीतलाई राम्रोसँग चिनेकाले यो भूमिका निभाउँदा सजिलो भएको उनको भनाइ छ।

आफूले धेरै पटक हनिप्रीतसँग सपिङ गरेको राखीले बताएकी छन्। नेपालमा लुकेको आशंका गरे पनि हनिप्रीत लन्डनमा रहेको उनले दावी गरेकी छन्। क्रिसमसमा प्रदर्शन हुने चलचित्रका अर्का निर्माता राखीकै दाजु राकेश सावन्त हुन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.