प्रदेश र संघको उम्मेदवारमा युवाकै चर्चा बढी

प्रदेश र संघको उम्मेदवारमा युवाकै चर्चा बढी

 

चरिकोट : मंसिरमा हुने संघ र प्रतिनिधि सभा निर्वाचनको लागि दोलखामा युवाहरुको चर्चा चल्न थालेको छ । दुई वटा क्षेत्र र एउटा केन्द्र रहेको दोलखामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तीब्र प्रतिस्पर्धा हुने देखिन्छ । संघ र प्रदेशको निर्वाचन नजिकिए सँगै टिकट हात पार्नका लागि हाल नेताहरु केन्द्रीय नेताको घरमा धाउन थालेका छन् । निर्वाचनका लागि सबैभन्दा युवाहरुको आकंक्षा बढी नै देखिएको छ ।

 

स्थानीय तहको निर्वाचनमा दोश्रो बनेको नेपाली कांग्रेस यो पटकको संघ र प्रदेश सभाको निर्वाचनमा जित्ने दाउमा रहेको छ । कांग्रेसले हालसम्म २०५१ सालमा क्षेत्र नम्वर १ मा स्वर्गीय नेता भीमबहादुर तामाङले एक पटक मात्र जितेका थिए । त्यस पछि लगातार हार्दै आएको दोलखा काँग्रेसमा यो पटक भने युवाहरु टिकट लिएर जित्ने दाउँमा रहेका छन् । हाल संघको टिकटका लागि नेपाल विद्यार्थी सघंका महामन्त्री कुन्दनराज काफ्लेको नाम चर्चामा रहेको छ । संघको टिकट पाएमा जुनसुकै हालतमा जितेर देखाउने महामन्त्री काफ्लेको भनाई रहेको छ । यस्तै संघकै टिकटका लागि पूर्व सभाषद् जिपछिरिङ लामा, पार्टी सभापति रुद्रबहादुर खड्का, पूर्वपार्टी सभापति देविप्रसाद न्यौपाने, पूर्वपार्टी सभापति उद्धबराज काफ्ले, पूर्व पार्र्टी सभापति ताराबहादुर कोइरालाको नाम चर्चामा रहेको छ ।

यस्तै प्रदेशको टिकटको लागि क्षेत्र नम्वर १ बाट नेपाल तामाङ संघका महासचिव एवंम युवा नेता बर्मा लामा, तरुण नेता चरित्रकुमार बम्जन९गौरब०, युवा नेता भवेन्द्र कार्की, विद्यार्थी नेतृ विनिता अधिकारी लगायतको नाम चर्चामा रहेको छ । यसैगरी क्षेत्र नम्वर २ मा युवा नेताहरु इश्वर मानन्धर, केशवराज चौंलागाई , विद्यार्थी नेताहरु सन्तोष पाण्डे, राकेश श्रेष्ठ, युवा नेता च्याङा सेर्पा लगायतको नाम चर्चामा रहेको छ । उनीहरु हाल टिकट लिनको लागि राजधानीमा छुट्टा छ्ट्टै भेला गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचनमा पहिलो पार्र्टी बनेको नेकपा एमालेले संघ र प्रदेशमा पनि जित हासिल गर्ने उद्धेश्यका साथ पार्र्टी भित्र टिकट मिलाउने अभियानमा लागेको छ । दोश्रो संविधान सभाको निर्वाचनमा पनि दुवै क्षेत्र जितेको एमाले लागि संघ र प्रतिनिधि सभाको निर्वाचनमा पनि जित्नको लागि रणनीति बनाइरहेको छ । एमालेको तर्फबाट संघको निर्वाचनको लागि सभाषद् एवंम पोलिट व्यूरो सदस्य पशुपती चौंलागाई, केन्द्रीय सदस्य एवंम सभाषद् पार्वत गुरुङ, पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलको नाम चर्चामा रहेको छ । यस्तै प्रदेश सभाको निर्वाचनमा क्षेत्र नम्वर १ बाट एमालेका अनुशासन आयोगका केन्द्रीय सदस्य शिवप्रसाद भण्डारी, युवा नेता हिरा थोकरको नाम चर्चामा रहेको छ भने क्षेत्र नम्वर २ मा लालकुमार केसी, युवा नेता बालकृष्ण शिवाकोटी लोकतान्त्री तामाङ सघंका जिल्ला अध्यक्ष धनबहादुर तामाङ, एमाले नेता भुवन शिंह थापा लगाएतको नाम चर्चामा रहेको छ । 

यस्तै पहिलो संविधान सभाको निर्वाचनमा दुई क्षेत्र जितेर पहिलो पार्र्टी बनेको नेकपा माओवादी केन्द्रले दोश्रो संविधान सभाको निर्वाचनमा हार बेहोर्नु परेको थियो । पहिलाको साँख जोगाउने उद्धेश्यका साथ माओवादी केन्द्र दोलखाका नेताहरु संगठन विस्तारको लागि गाउँगाउँमा पसेका छन् । स्थानीय तहको निर्वाचनमा तेश्रो बनेको माओवादी केन्द्रले संघको निर्वाचनका लागि उम्मेद्धवार छनौट गरिसकेका छन् । माओवादी केन्द्र दोलखाका इन्चार्ज एवंम पूर्व सभाषद देवी खड्कालाई संघको उम्मेद्धार बनाउने सहमति भएको माओवादी नेता विशाल खड्काले बताएका छन् । उनले प्रदेशका लागि पनि छिट्टै उम्मेदवारको टुङ्गो लगाउने जानकारी दिए । हाल क्षेत्र नम्वर १ मा युवा नेता विशाल खड्काको नाम चर्चामा रहेको छ भने क्षेत्र नम्वर २ मा शंकर लामा, नरबहादुर पाख्रिन, युवा नेता गोपाल पाण्डे लगायतको नाम चर्चामा रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.