जयबहादुर चन्दलाई छल्दा प्रहरीमा असन्तुष्टि

जयबहादुर चन्दलाई छल्दा प्रहरीमा असन्तुष्टि

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्याल र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूबीच मनमुटाव सुरु भएको छ । इन्टरपोलको महासभामा भाग लिन जाँदा आईजीपी अर्यालले निमित्त प्रमुखको जिम्मेवारी छैटौं नम्बरकालाई सुम्पेपछि अरू एआईजी रुष्ट बनेका छन् ।

आईजीपी अर्याल यसअघिको परम्परालाई तोडेर ‘स्वेच्छाचारी ढंग’ले छैटौं नम्बरका एआईजी माधवप्रसाद जोशीलाई निमित्त प्रमुख दिएर बेइजिङ उडेका थिए । यही असोज १० देखि १३ गतेसम्म हुने महासभाका लागि अर्यालसँगै उनीपछिका एआईजी बमबहादुर भण्डारी बेइजिङ गएका थिए । भण्डारीपछिका एआईजी जयबहादुर चन्दलाई निमित्त महानिरीक्षकको जिम्मेवारी अर्यालले दिएनन् । उनले संगठनभित्रको ‘चेन अफ कमान्ड’लाई ख्याल नगरी जोशीलाई निमित्तको जिम्मेवारी दिएपछि चन्दसँगै उनीपछिका पाँचौं नम्बरसम्मका एआईजी रुष्ट बनेका हुन् ।

 

यसअघि तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालले एक नम्बरका एआईजी राजेन्द्रसिंह भण्डारीलाई निमित्तको जिम्मेवारी दुई नम्बरका सुरेन्द्रबहादुर शाहलाई दिएका थिए । तर, तत्कालीन समयमा भण्डारी आफैंले आफूलाई निमित्त नदिन अर्याललाई सुझाएका थिए । आईजीपीहरू प्रायःले आफू इन्टरपोलमा जाँदा आफूपछिका सिनियर प्रहरी अधिकृतलाई निमित्त दिँदै आएका थिए । तत्कालीन आईजीपी कुवेरसिंह रानाले पनि आफू इन्टरपोल महासभामा जाँदा महानगरीय प्रहरीका तत्कालीन प्रमुख एआईजी नवराज ढकाललाई निमित्त दिएका थिए ।

सरकारले जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय गर्दा ‘तटस्थ’ बसेका आईजीपी प्रकाश अर्यालले अहिले आएर उनी छाडी छैटौं नम्बरका एआईजीलाई निमित्त दिएका हुन् ।

एआईजी चन्दले आफूलाई महानिरीक्षक बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘दबाब दिएपछि’ अर्याल चेपुवामा परेका थिए । सुरुमा सरकारले चन्दलाई आईजीपी बनाउने निर्णय गर्दा ‘तटस्थ’ बसेका अर्यालले अहिले आएर चन्द आफूविरुद्ध लागेको भन्दै छैटौं नम्बरका एआईजीलाई निमित्त दिएका हुन् । डीआईजी नवराज सिलवाललाई आईजीपी हुन नदिन भने एक ठाउँमा थिए, अर्याल र चन्द । तर, अहिले उनै अर्यालले चन्दलाई तीन दिन निमित्त नदिएपछि मुख्यालयमा खैलाबैला मच्चिएको छ ।

आईजीपी अर्यालले भने प्रहरी नियमावलीअनुसार नै जोशीलाई निमित्त दिएको बताए । भने, ‘प्रहरी नियमावली २०७१ अनुसार प्रहरी महानिरीक्षक औपचारिक कार्यक्रमका लागि विदेश जानुपर्दा सोही कार्यालयको सिनियर प्रहरी अधिकृतलाई निमित्त दिनुपर्ने भन्ने उल्लेख भएकाले मैले जोशीलाई जिम्मेवारी दिएको हुँ, यसमा विवाद गर्नुपर्ने विषय छैन ।’ महानगरीय प्रहरी प्रमुखलाई निमित्त सुम्पन नमिल्ने भएकाले नै मुख्यालयको वरिष्ठ अधिकृत जोशीलाई जिम्मेवारी दिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.