कांग्रेस बैतडीबाट ६३ जनाको नाम सिफारिश

कांग्रेस बैतडीबाट ६३ जनाको नाम सिफारिश

बैतडी: आगामी प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन नसकेपछि नेपाली कांग्रेस बैतडीले केन्द्रमा नाम सिफारिश गरेको छ। उम्मेदवारका आकांक्षी धेरै भएकाले जिल्लामा नाम टुंगो लगाउन नसकिएको कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले बताए।

उनले भने ‘प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ ५ जना, प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ क्षेत्र नं १ बाट ९ र क्षेत्र नं २ बाट १४ जना गरी २८ जनाको नाम सिफारिश भएको छ। बाँकी समानुपातिक गरेर जिल्लाबाट ६३ जनाको नाम केन्द्रमा पठाएका छौं।’ 

प्रतिनिधि सभाका लागि उत्तरबहादुर ऐर, चतुरबहादुर चन्द, दिनेशप्रसाद भट्ट, नरबहादुर चन्द र विनयध्वज चन्दको नाम सिफारिश गरिएको छ। यस्तै प्रदेश सभाका लागि क्षेत्र नं १ बाट लोकराज अवस्थी, हरिमोहन भण्डारी, सुरेन्द्र ऐर, जनक चन्द, विष्णुदत्त जोशी, दिपेन्द्रबहादुर बम, कपिल केसी, धनबहादुर बोहरा र दिपेन्द्रबहादुर चन्दको नाम सिफारिश गरिएको छ।

यस्तै क्षेत्र नं २ बाट प्रदेशसभाका लागि ईश्वरीदत्त भट्ट, गजेन्द्रबहादुर चन्द, जनकराज भट्ट, तेजबहादुर चन्द, जनकराज भट्ट, दमनबहादुर चन्द, देवराज जोशी, पूर्णानन्द लेखक, पुरनचन्द्र लेखक, प्रेमबहादुर चन्द, रमेश भण्डारी, शिवराज भट्ट, सुरेन्द्र चन्द र हर्कबहादुर चन्दको नाम सिफारिश गरिएको कांग्रेसले जनाएको छ।

कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिश गरेका नामहरुमा पुराना नेतादेखि केही नयाँ अनुहार पनि देखिएका छन्। प्रतिनिधिसभाका लागि सिफारिश गरिएका नाम मध्ये नरबहादुर चन्द अहिले वाणिज्य राज्यमन्त्री छन् भने विनयध्वज चन्द पनि पूर्व सांसद हुन्। यस्तै चतुरबहादुर चन्द र उत्तरबहादुर ऐर महासमिति सदस्य हुन् भने दिनेशप्रसाद भट्ट महाधिवेशन प्रतिनिधि हुन्। असोज अन्तिम साता उम्मेदवारको टुंगो लागिसक्ने कोषाध्यक्ष पाण्डेयले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.