बर्दियामा कर्फ्यू हट्यो, सद्भाव र्‍याली निकाल्ने तयारी

बर्दियामा कर्फ्यू हट्यो, सद्भाव र्‍याली निकाल्ने तयारी

लालपुर (बर्दिया): बर्दियाको गुलरिया नगरपालिका वार्ड नम्वर ११ स्थित लालपुरमा क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी गरेको कर्फ्यू हटेको छ। स्थानीय दुई समुहबीच भएको झडपले उग्र रुप लिन थालेपछि सोमबार बिहान १० बजेबाट प्रशासनले कर्फ्यू लगाएको थियो। स्थिति सामान्य बन्दै गएपछि कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए।

‘कर्फ्यू हटाइए पनि लालपुर क्षेत्रलाई कडा निगरानीमा राखेका छौ। पर्ख र हेरको अवस्थामा हामी छौं', उनले थपे, ‘यदि अशान्ति हुने अवस्था आए तत्काल कडाई गर्छौ। विवादित दुवै पक्ष र राजनीतिक दलसहितको सर्वदलीय, सर्वपक्षीय वैठक बसेर त्यस क्षेत्रको अवस्था सामान्य बनाउने निर्णय भएको हो।'

सामाजिक सद्भाव कायम गर्ने, दोषीलाई कारवाही, घाईतेलाई निशुल्क उपचारको व्यवस्था गरिने सर्वपक्षीय निर्णय भएको छ। धनमालको क्षतिको छानविन समिति बनाउने, जनजीवन सामान्य पार्न तथा थप धनजनको क्षति हुन नदिन सबैले प्रयास गर्ने लगायत घटनाका दोषी उपर कडा कारवाही गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।

कर्फ्यू हटेसँगै त्यस क्षेत्रको अवस्था सामान्य हुनुका साथै निर्वाध यातायात सुचारु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए। उनले भने सबैको प्रयासमा सद्भाव र्याली निकाल्ने तयारी भैरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.