प्रधानमन्त्री देउवा र प्रचण्डबीच गोप्य छलफल

प्रधानमन्त्री देउवा र प्रचण्डबीच गोप्य छलफल

काठमाण्डौं: प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य छलफल भएको छ। प्रधानमन्त्री निवासमा दुर्इ शीर्ष नेताहरुबीच करिव १ घण्टा लामो छलफल भएको थियो।

 

प्रमुख सत्तारुढ दल माओवादी केन्द्रले प्रमुख विपक्षी दल नेकपा एमालेसँग आसन्न निर्वाचनमा तालमेल गरेर जाने बारे गृहकार्य गरिरहेका बेला प्रधानमन्त्री देउवा र दाहालबीचको भेटवार्तालार्इ चासोका साथ हेरिएको छ।

एमाले र माओवादीबीच चुनावमा ६०/४० को भागवण्डा गर्ने र पार्टी एकीकरणका लागि स‌ंयोजन समिति गठन गर्ने सैद्दान्तिक छलफल भइसकेको दुवै दलका नेताहरुले बताएका छन्।

मंगलबार दुर्इ नेताबीच भएको भेटमा कुन विषयमा कुरा भयो भन्नेबारे भने सार्वजनिक भएको छैन। प्रधानमन्त्रीका बरिष्ठ प्रेस स‌ंयोजक गोविन्द परियारले दुर्इ नेताबीच लामो कुराकानी भएपनि विषय भने थाहा नभएको बताए। 

स्थानीय तहको तीन वटै निर्वाचनमा विभिन्न तहमा तालमेल गरेका प्रमुख सत्तारुढ दल कांग्रेस र माओवादीको आगामी सहयात्राबारे पनि प्रश्न चिन्ह उठेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.