एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणा हुँदै, चुनाव चिन्ह आ-आफनै

एमाले र माओवादीबीच चुनावी तालमेलको घोषणा हुँदै, चुनाव चिन्ह आ-आफनै

काठमाडौ :  नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा चुनावी तालमेल गर्ने घोषणा गर्दैछन ।

एमाले अध्यक्ष केपी शर्मा ओली,बरिष्ठ नेताद्धय माधवकुमार नेपाल,झलनाथ खनाल र बरिष्ठ उपाध्यक्ष बामदेव गौतम र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताद्धय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सम्मिलित पार्टी एकता संयुक्त संयोजन समितिको मंगलबार बिहान बसेको बैठकले अपरान्ह ५ बजे राष्ट्रियसभा गृहमा चुनावी तालमेलको घोषणा गर्ने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए । 
संयुक्त घोषणापत्र बनाएर चुनावमा जाने, पार्टी एकता संयोजन समिति बनाएर जाने र चुनावपछि एकता गर्ने लगायतका विषयमा लिखित सहमति भएको महराले बताए । 

 

उनका अनुसार ६० प्रतिशत एमालेका उम्मेदवारले सूर्य चिन्हमा चुनाव लडनेछन् भने ४० प्रतिशत माओवादी केन्द्रका उम्मेदवारले गोलाकारभित्रको हसिया हथौडा चुनाव चिन्हमा चुनाव लडनेछन् । 

महराका अनुसार तालमेल भएका ठाउँमा एमालेका मतदाताले माओवादीका उम्मेदवारलाई गोलकारभित्रको हसिया हथौडा चिन्हमा मतदान गर्ने र माओवादीका मतदाताले एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गर्नेछन् ।

‘समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीमा आ आफनै चुनाव चिन्ह हुनेछन्’ महराले अन्नपूर्ण अनलाइनसँग भने ‘चुनाव भन्दा अगाडि पार्टी एकता हुँदैन,चुनावपछाडि हुन्छ ।’ उनका अनुसार बृहद बामपन्थी एकताका लागि नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.