जोशीका पक्षमा दमौलीमा प्रदर्शन

जोशीका पक्षमा दमौलीमा प्रदर्शन

दमौली: नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीलाई टिकट दिन माग गर्दै तनहुँका कांग्रेस कार्यकर्ताले दमौलीमा प्रदर्शन गरेका छन्।

जिल्ला कार्य समितिको बैठक चलिरहेका बेला क्षेत्र नम्बर १ का जोशीका समर्थकले दमौली बजारमा र्‍याली तथा सभा गर्दै जोशीलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि टिकट दिन नेतृत्वको ध्यानाकर्षण गरेका हुन।

विगतमा सोही क्षेत्रबाट टिकट लिएर चुनाव जितेका जोशी पटक पटक मन्त्रीसमेत भइसकेका छन्। तर अहिले सोही क्षेत्रबाट पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत इच्छा देखाएपछि त्यहाँको टिकट वितरण पार्टीका लागि पेचिलो बनेको हो। जोशीका कार्यकर्ता पौडेलप्रति रुष्ट बनेका छन्।

नेता जोशीले आफ्नो पालामा जे जति विकास भए पनि बीचमा विकास कम भएको उनले बताउँदै भने, ‘जनताको विकासको चाहनाको सम्बोधन गर्न म चुनाव लड्दैछु।' उनले आफूलाई टिकट नदिए कार्यकर्ताबाट हुने प्रतिरोधको सामना गर्न समेत वरिष्ठ नेता पौडेललाई चेतावनी दिए।

तनहुँमा क्षेत्र नम्बर एक बाट पौडेल र जोशीसहित केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र गोविन्द भट्टराईले समेत प्रतिनिधि सभा सदस्य चुनावमा प्रत्यक्षको टिकटका आकांक्षी छन् । क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य प्रदीप पौडेलसहित संसदीय दलका सचिव ध्रुव वाग्लेलगायतका नेताले प्रतिनिधि सभा सदस्यको टिकटको आशा गरेका छन्। यसबीचमा कांग्रेसको प्रभाव भएको जिल्लाको पार्टी जिल्ला तहमा तीव्र ध्रुविकरण देखिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.