एमाले-माओवादी संयुक्त घोषणापत्रमा पहिचानको मुद्दा हटेपछि असन्तुष्टी बढयो

एमाले-माओवादी संयुक्त घोषणापत्रमा पहिचानको मुद्दा हटेपछि असन्तुष्टी बढयो

काठमाडौ : नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तयार गरेको संयुक्त चुनावी घोषणापत्रमा पहिचानको मुद्दा नरहेपछि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुमा असन्तुष्टी बढेको छ । एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रमा पहिचानको मुद्दा नसमेटिएपछि नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादवले आफनो असन्तुष्टी सार्वजनिक गरेका छन् । पहिचानको मुद्दा नसमेटिएको अवस्थामा एमालेसँग हुने एकता र सहकार्य आफूलाई स्वीकार्य नहुने यादवले बताए ।

 

‘मधेशी, थारू र आदिवासी जनजाति जनताको राष्ट्रिय पहिचान, समानताको अधिकार,सम्मान एवं समृद्धिको विरूद्ध हुने कुनै कार्य राष्ट्रिय एकता विरोधी कार्य हुने भएकोले एमाले उत्पीडित समुदायहरूको पहिचान र समानताको अधिकार विरोधी भएकोले उपरोक्त कुरामा एमाले सच्चिन तयार भएन भने एमालेसँगको सहकार्य तथा एकता स्वीकार्य हुन सक्दैन’ यादवले आफनो फेसबुक पेजमा लेखेका छन् ।


संयुक्त घोषणापत्र तयार गरेपछि यादवलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता रामबहादुर थापा बादलले संयुक्त पत्रकार सम्मेलनमा सहभागी भइदिन आग्रह गरेका थिए । तर यादवले आफू पत्रकार सम्मेलनमा नआउने जानकारी प्रचण्ड र बादललाई गराएका छन् ।


यादव र सहरी विकास मन्त्री प्रभु साहले मंगलबार बिहान लाजिम्पाट पुगेर एमालेसँगको एकता घातक हुन सक्ने तर्फ सचेत गराएका थिए । दुवै नेताले चुनाव चिन्ह आफनै कायम राख्न र पहिचानको मुद्दा नछोडन प्रचण्डलाई दबाब दिएका थिए । एमालेसँगको समझदारीमा चुनाव चिन्ह गोलाकारभित्रको हसिया हथौडा कायम राख्ने समझदारी गरेपनि प्रचण्डले पहिचानको मुद्दा छोडेको यादवले आफना सहकर्मी नेताहरुलाई बताएका छन् । अर्का नेता गोपाल किराँतीले एमालेसँग पार्टी एकताको प्रस्तावलाई पार्टी एकता नभएर एमालेकरण रहेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.